News

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना

विवेकशील साझाको अध्यक्षमा समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शना

विवेकशील साझा पार्टीको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा सञ्जु दर्शना चयन भएका छन् ।

शुक्रबार र शनिबार चलेको पहिलो महाधिवेशनले बाँस्कोटालाई अध्यक्ष र रन्जुलाई महासचिवमा सर्वसम्मत अध्यक्ष चयन गरेको हो। त्यस्तै उपाध्यक्षमा प्रकाशचन्द्र परियार, मिलन पाण्डे र बिमला अधिकारी पनि सर्वसम्मत चयन भएका छन् ।

सचिवमा पवित्रा थापा, विमल तामाङ र समुन्द्र केसी तथा कोषाध्यक्षमा दामोदर नेपाल पनि सर्वसम्मत चुनिएको निर्वाचन समितिका संयोजक केशव दाहालले जानकारी दिए ।

विवेकशील साझा पार्टीमा ५१ सदस्यीय केन्द्रीय कार्यसमिति रहने व्यवस्था छ । 

विशेष