News

प्रहरी हिरासत फोडेर भागेका ६ मध्ये २ थुनुवा पक्राउ

प्रहरी हिरासत फोडेर भागेका ६ मध्ये २ थुनुवा पक्राउ

धनुषाको महेन्द्रनगर स्थित इलाका प्रहरी कार्यालयको हिरासतबाट फरार ६ थुनुवामध्ये हालसम्म दुई जना पक्राउ परेका छन् । क्षीरेश्वरनाथ नगरपालिका–२ का २५ वर्षीय अमित मण्डल पक्राउ परेपछि फरार भएका मध्ये पक्राउ पर्नेको संख्या दुई पुगेको हो। 

यसअघि, फरार रहेका थुनुवा मिथिला नगरपालिका–२ नक्टाझिजका रोशन महतोलाई प्रहरीले सोमबार पक्राउ गरेको थियो। चार थुनुवा अझै फरार छन्। उनीहरुको खोजी तीव्र पारिएको प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

फरार थुनुवाको जिल्ला प्रहरी कार्यालय धनुषा र मधेस प्रदेश प्रहरी कार्यालय, जनकपुरको संयुक्त टोलीले खोजी गरिरहेको छ। आइतबार राति हिरासतको भित्ता फोडेर विभिन्न मुद्दाका ६ थुनुवा फरार भएका थिए।

उक्त घट्नामा तीन जना प्रहरी जवानलाई निलम्वन गरिएको छ। यसैगरी २५ जनाको टिमलाई नै जिल्ला तानिएको छ । इन्सपेक्टर बेचन यादवसहित २५ जनाको टिमलाई नै सोमबार जिल्ला तानिएको जनाईएको छ। इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रन्द्रनगरमा अहिले सई मुक्तिनारायण यादवलाई जिम्मेवारीमा पठाइएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

यो पनि,

विशेष