News खेल

मेसी र एमबाप्पे विना मैदानमा उत्रिएपछि पीएसजीको सर्मनाक हार

मेसी र एमबाप्पे विना मैदानमा उत्रिएपछि पीएसजीको सर्मनाक हार

फ्रान्सेली लिग वानको शीर्ष स्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पीएसजी) ले शनिबार भएको खेलमा हार ब्यहोरेको छ। पीएसजीलाई मोनाकोले ३–१ ले हराएको हो ।

लियोनल मेसी, काइलियन एमबाप्पे, मिडफिल्डर मार्को भेरोटी र रेनाटो सान्चेजले चोटका कारण लिग खेल गुमाएका थिए । तर, गएराति पीएसजीको रक्षापंक्ति पनि कमजोर देखियो । जसले मोनाकोको आक्रमणलाई रोक्न असफल रह्यो ।

घरेलु टोली मोनाकोले चौथो मिनेटमै एलेक्जेन्डर गोलोभिनको गोलबाट अग्रता लिएको थियो । गोलभिनले विजम बेन यडरको पासमा गोल गरेका थिए । १८औँ मिनेटमा कप्तान बेन यडरले मोनाकोको अग्रता दोब्बर बनाए । ३९औँ मिनेटमा वारेन जौरे–इमरेको गोलबाट पीएसजीले पुनरागमनको प्रयास गरेको थियो । तर, पहिलो हाफको इन्जुरी समयमा बेन यडरले अर्को गोल थप्दै मोनाको अग्रता बढाए ।

जितसँगै मोनाकोले २३ खेलबाट ४७ अंक जोडेको छ । मोनाको तेस्रो स्थानमा छ । हारका बाबजुद पीएसजी ५४ अंकका साथ शीर्ष स्थानमा यथावत छ । जुन दोस्रो स्थानको मार्से भन्दा पाँच अंकले आगडि हो ।

मार्सेले गएराति नै क्लेरमोन्ट फुटलाई २–० ले हराएको थियो । क्लेरमोन्ट फुट ३० अंकका साथ ११औँ स्थानमा छ । 

विशेष