News

मुद्दा किनारा नलाग्दै संदीप लामिछानेको निलम्वन फुकुवा

मुद्दा किनारा नलाग्दै संदीप लामिछानेको निलम्वन फुकुवा

नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेको निलम्बन फुुकुवा गरेको छ । मंगलबार पोखरामा बसेको कार्यसमितिको बैठकले लामिछानेको निलम्बन फुकुवा गर्ने निर्णय गरेको हो।

बलात्कारको अभियोग झेलिरहेका लामिछानेलाई क्रिकेट संघले भदौ २३ गते निलम्बन गरेको थियो । असोज २० गते पक्राउ परेका उनलाई जिल्ला अदालत, काठमाडौंले पुर्पक्षका लागि कारागार पठाएको थियो ।

तर उच्च अदालत, पाटनले उनलाई पुस २८ मा ५ सर्त र २० लाख धरौटीमा रिहा गर्न आदेश दियो । पुस २९ गते उनी रिहा भएसँगै क्यानले निलम्बन फुकुवाबारे छलफल थालेको थियो ।

यता, लामिछानेलाई धरौटीमा रिहा गर्ने उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ। माघ १७ गते महान्यायाधिवक्ताको कार्यालयले उच्च अदालतको आदेशविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गरेको हो। 

लामिछानेमाथि एक नाबालिकालाई भदौ ५ मा तिलगंगास्थिति एक होटलमा बलात्कार गरेको आरोप छ।
 

विशेष