News

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा के भयो सहमति ? 

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा के भयो सहमति ? 

नेपाल–भारत परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठक काठमाडौंस्थित याक एन्ड यति होटलमा सम्पन्न भएको छ । बैठकमा दुवै पक्ष समग्र क्षेत्रको हितका लागि आर्थिक र विकास सहयोगलाई थप सुदृढ गर्न सहमत भएको जनाईएको छ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपाल र भारतका विदेश सचिवबीच कनेक्टिभिटी, व्यापार तथा पारवहन, जलविद्युत् क्षेत्रमा सहकार्य, कृषि, शिक्षा, संस्कृति, स्वास्थ्य र जनस्तरको संबन्धका क्षेत्रमा जारी सहकार्यको समीक्षा भएको छ। 

संयन्त्रको बैठकमा नेपालका परराष्ट्र सचिव भरतराज पौड्याल र भारतका विदेश सचिव विनयमोहन क्वात्राको नेतृत्वमा ७–७ जनाको टोली उपस्थित थियो । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौडेलको निमन्त्रणमा भारतीय बिदेश सचिव दुई दिने नेपाल भ्रमणमा आएका हुन्।

उनलाई परराष्ट्र सचिव पौड्यालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए। परराष्ट्र मन्त्रालयका अनुसार त्यसलगत्तै उनीहरु याक एन्ड यति होटलमा द्वीपक्षीय परराष्ट्र सचिवस्तरीय संयन्त्रको बैठकमा वसेका हुन।

बैठकपछि उनले नेपालका समकक्षी अर्थात परराष्ट्र मन्त्री बिमला राईसँग द्धिपक्षीय छलफल गर्नेछन । उनले केहीबेरमा प्रधानमन्त्री पुष्पकमदल दाहालसँग भेट्नेछन्।

त्यसैगरी राष्ट्रपति विद्या भण्डारीसँग पनि उनले साँझ भेट्नेछन्। एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवासँग पनि उनले आजै भेट्नेछन् भने भोलि मधेशवादी नेताहरुसँग भेट्ने भारतीय दूतावासले जनाएको छ। 
 

विशेष