News

‘जनयुद्ध दिवस’मा शेखर कोइरालाको आपत्ति, संविधानले नचिन्ने बिदा दिने ?

‘जनयुद्ध दिवस’मा शेखर कोइरालाको आपत्ति, संविधानले नचिन्ने बिदा दिने ?

नेपाली कांग्रेसका नेता शेखर कोइरालाले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक बिदा दिने सरकारको निर्णयमा आपत्ति जनाएका छन्। जनयुद्ध दिवस भन्दै सार्वजनिक विदा दिएर सरकारले के सन्देश दिन खोजेको हो ? भन्दै उनले प्रश्न गरेका छन्।

सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ। आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘जनयुद्ध दिवस’ का अवसरमा बिदा दिने निर्णय थियो। यो निर्णयको आलोचना भईरहेको छ।

‘एकातिर स्वयम प्रधानमन्त्री सार्वजनिक बिदा कटौती गरौं भन्दै हुनुहुन्छ तर एकाएक आएर सरकारले संविधानले चिन्दै नचिनेको जनयुद्ध दिवसका नाममा सार्वजनिक बिदा दिने घोषणा गरेको छ,’ कोइरालाले आज बिहान ट्वीट गरेका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहालले केही दिनअघि सार्वजनिक बिदा धेरै भएको भन्दै कटौती गर्नुपर्ने अभिव्यक्ति दिएका थिए। त्यसतर्फ कोइरालाले ध्यानाकर्षणसमेत गराएका छन्। जनयुद्ध दिवस’ मा बिदा दिएर सरकारले जनतासामु के सन्देश दिन खोजेको हो भन्ने प्रश्न पनि कोइरालाको छ। ‘देश कता जाँदैछ, कस्तो शासन व्यवस्थाको अभ्यास गर्न खोजिँदैछ?,’ उनले प्रश्न गरेका छन्।

शेखर कोइराला

विशेष