News

चितवन २ लाई उम्मेदवार छान्न रास्वपाले बोलायो केन्द्रिय समिति वैठक

चितवन २ लाई उम्मेदवार छान्न रास्वपाले बोलायो केन्द्रिय समिति वैठक

निर्वाचन आयोगले १० वैशाखमा चितवन २ मा उपनिर्वाचन गर्ने घोषणा गरेलगत्तै राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक बोलाएको छ । 

आज (सोमवार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा बस्ने बैठकले उम्मेदवारको छनौट गर्ने जनाईएको छ। निर्वाचन आयोगले आइतबार चितवन २ मा आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको थियो । 

नागरिकता प्रकरणको मुद्दा हारेपछि ४ मंसिरमा भएको चुनावमा चितवन २ बाट विजयी रास्वपाका सभापति रवि लामिछानेको सांसद पद गुमेको थियो । उक्त उपनिर्वाचनमा लामिछाने पुनः उम्मेदवार हुने तयारीमा छन् । 

नागरिकता पुनःप्राप्ति गरिसकेका कारण उनले उम्मेदवारी दिन पाउने बताइएको छ । 
 

विशेष