News

पत्रकारको लाखौं रुपैयाँ लिएर नतिर्ने सहकारी कुन हो ?

पत्रकारको लाखौं रुपैयाँ लिएर नतिर्ने सहकारी कुन हो ?

आदिवासी जनजाति महासंघका पूर्व महासचिव काजी शेर्पा (आङ काजी शेर्पा) ले सञ्चालन गरेको योहो टेलिभिजनले ०७८ मंसिरको अन्त्यतिर एउटा रिपोर्ट प्रशारण गर्यो। ‘समय चक्र’ नामक कार्यक्रममा प्रशारण गरिएको रिपोर्टमा आफूलाई पत्रकार वताउँने एन्जिना कार्की नामकी युवतीलाई प्रहरीले पक्राउ गरेको विषयलाई जोडतोडले उठाइयो।

समय चक्र कार्यक्रमका प्रोड्युसर ध्रुव रिजाल हुन। उक्त रिपोर्टमा महानगरीय प्रहरी प्रभाग जनसेवा, न्यूरोडले ०७८ मंसिर २२ गते पक्राउ गरेकी एन्जिनाले गोर्खा टोबाकोका जेनेरल म्यानेजर ज्ञानेन्द्र शर्मा नामका ब्यक्तिवाट १६ लाख रुपैयाँ लिएको र उनले अरु मिडियालाई पनि मिलाउनु पर्छ भन्दै बार्गेनिङ गरेको वताईएको छ। 

रिपोर्टमा एन्जिनाको ग्याङमा सामेल भन्दै न्यूज ट्वान्टी फोर, सगरमाथा टेलिभिजन र नेपाल आज अनलाईका सञ्चालक माधव गुरागाईको नाम लिएर पैसाको वार्गेनिङ्ग गरेको आरोप लगाईयो। ज्ञानेन्द्र शर्मा नामका सुर्ति ब्यापारीले समेत एन्जिनासहितले पत्रकारिताका नाममा ठगी धन्दा चलाएको थाहा पाएपछि आफु प्रहरी समक्ष पुगेको बताएका छन्।

उनले आफैले अनुशन्धान गरेको भन्दै एन्जिना र उनले नाम लिएका मिडिया र संचालकलाई ठगको संज्ञा दिए। ‘जो जो मान्छेको नाम लिदै गई (एन्जिनाले) तिनीहरुको बारेमा वुझ्दै गएँ। कुनै जमानामा पत्रकारिताको काम गरेको, तर अहिले काम नगरेको, केही पनि नगरेको खाली यो धन्दा चै उसको निरन्तर (कहाँ के छ भन्ने खोज्ने) गरिरखोको चै देखिन्छ। त्यसपछि बल्ल मैले, अव यो चै ठग हो, त्यसैले यसलाई चै पुलिस कारवाही गर्नुपर्छ भनेर म पुलिसको सम्पर्कमा गएँ।’ शर्माले भनेका छन–‘ मलाई त्यो जुन बाँकी एक लाख रुपैयाँ थियो, मेरो चै जुन १६ लाखको चेक लिएकी थिई, त्यसको चै वाँकी पैसा १५ लाखमा दिईसकेपछि एक लाख वाँकी थियो। बाँकी एक लाख रुपैयाँ लिन उ आँदैथिईन। त्यो कुरा मैले प्रहरीलाई खवर गरे। र प्रहरीले रेडहेन्ड एक लाख सहित समात्यो।’ 

शर्मा यतिमा मात्रै चुप लागेका छैनन्। एन्जिनाको ग्याङमा सुदुर पश्चिमतिरको एक जना पत्रकार अझै रहेको वताएका छन् । ‘एक जना माधव गुरागाई भन्ने छ, उलले एउटा युट्युव चलाउँछ। के... नेपाल भन्ने एउटा। त्यसै गरेर सुदुरपश्चिम तिरको के एउटा पत्रकार छ यिनीहरुसँग’ उनले अगाडि भनेका छन–‘यो चै ४÷५ जनाको अथवा ८÷९ जनाको ग्याङ, उसैलाई मैले त्यो केटीलाई सोधेको थिएँ। उसले हाम्रो एउटा ग्याङ छ, हामीले मिलाउनु पर्छ भनेर उसले मसँगको सम्वादमा त्यसले भनेकी छ।’

यस प्रकरणमा प्रहरीले एन्जिना विरुद्ध फौजदारी मुद्दा चलायो। उक्त मुद्दा अहिले पनि विचाराधिन छ। तर, ठग भनेर पक्राउ गरइाएकी उनै एन्जिनाले ज्ञानेन्द्र विरुद्ध चेक बाउन्सको मुद्दा चलाएपछि भने घट्नाले अर्को मोड लिएको छ। अहिले परिस्थिती फेरिएको छ। सुर्ती ब्यापारी ज्ञानेन्द्र स्वयमले तत्कालिन समयमा उनले लगाएको आरोप र योहो टेलिभिजनमा प्रशारित रिपोर्ट गलत भएको पुष्टि गरेका छन् ।

शर्माले अदालतमा वुझाएको प्रतिउत्तरमा ‘आफुले एन्जिनासँग दुई वर्षपछि १६ लाख तिर्ने मौखिक सहमतिमा १० लाख रुपैयाँ लिएको र सोही रकम वुझाउने क्रममा उक्त घट्ना भएको’ वताएका छन्। एकै पटक धेरै रकम वुझाउनु पर्दा मानसिक रुपमा विछिप्त भएको र एन्जिनाले पैसाका लागि दवाव दिने र धम्की दिने गर्न थालेपछि आफु प्रहरीसम्म पुगेको उनले जनाएका छन् ।

अदालतमा प्रतिउत्तर दिने क्रममा समेत उनले आफनो सहकारीको कारोवारमा केही समस्या देखिएकाले सुनियोजित रुपमा त्यो प्रकरण वाहिर ल्याएको स्विकारेका छन्। तर, कुन सहकारी भनेर खुलाएका छैनन्।

स्रोतका अनुसार उनले काठमाण्डौं र विराटनगरमा गरी दुई वटा सहकारीका विषयमा कुरा गर्ने गरेका छन् । तर, कुन सहकारी हो भनेर नाम खुलाएका छैनन्। ‘माडवारीको गल्ला’ शैलीमा सञ्चालन हुने गरेको उनको सहकारीमाथि बचतकर्ताको निक्षेप अपचलन गरेको आरोप लाग्ने गरेको छ।

यतिमात्र होईन, उनको सहकारीका सञ्चालकमाथि बहुविवाहको आरोप समेत छ। तर, ज्ञानेन्द्र भने सहकारीका विषयमा वुझ्न खोज्दा सम्पर्कमा आउन चाहादैनन्। उनले अदालतमा वुझाएको प्रतिउत्तरमा समेत एन्जिनालाई ‘ठग’ भन्दै प्रहरीमा उजुरी दिएको, उनको ग्याङमा रहेका भन्दै विभिन्न मिडिया र संचालकलाई ठगभन्दै विभिन्न टेलिभिजनमा अन्तरवार्ता दिएको विषयमा कुनै कुरा खुलाएका छैनन्।

वरु उनले उल्टै असोज २८ गते अदालत समक्ष एन्जिनासँग मिलापत्र गरेको खुलेको छ।

ज्ञानेन्द्र शर्माले १६ लाख रुपैयाँ वार्गेनिङ गरेर ठगी गरेको भन्दै नाम लिएका सहकारी र ति सहकारीमा वचतकर्ताको निक्षेप अपचलन हुने गरेको गुनासोका विषयमा थप जानकारीसहित अर्को श्रृंखला प्रश्तुत गरिने छ।

आङ काजी शेर्पा योहो टेलिभिजन एन्जिना कार्की ध्रुव रिजाल ज्ञानेन्द्र शर्मा

विशेष