News

गगन–विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्नः ‘जनयुद्ध दिवस’ बारे धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

गगन–विश्वप्रकाशलाई मिनेन्द्रको प्रश्नः ‘जनयुद्ध दिवस’ बारे धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?

नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले ‘जनयुद्ध दिवस’ मा सार्वजनिक विदा दिने सरकारको निर्णय बारे आफनै पार्टीका नेतालाई प्रश्न गरेका छन् ।

उनले फागुन १ लाई ‘जनयुद्ध दिवस’ को रुपमा मनाउने सरकारको निर्णयबारे महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा र प्रवक्ता प्रकाशशरण महतलाई ट्विटरमा मेन्सन गर्दै प्रश्न उठाएका हुन।

यसबारे धारणा राष्ट्रपति निर्वाचनपछि कि अहिले आउँछ भन्दै उनले प्रश्न गरेका छन् । ‘एमालेको दह्रो समर्थनमा बनेको माओवादी नेतृत्वको सरकारले बृहत् शान्ति सम्झौता र नेपालको संविधान तथा यसमा अन्तर्निहित मर्मविपरीत घोषणा गरेको कथित ‘जनयुद्ध दिवस’ बारे हाम्रो दल नेपाली कांग्रेसको आधिकारिक धारणा अहिले कि राष्ट्रपति निर्वाचनपछि ?’

सरकारले आइतबार बिदा दिने निर्णय गरेपछि माओवादी इत्तर कित्ताबाट उक्त निर्णयको विरोध भइरहेको छ। कांग्रेस नेता शेखर कोइरालाले पनि विरोध गरेका छन् । सत्तारुढ दल एमालेकै नेताहरुले पनि सरकारको उक्त निर्णयको विरोध गरिरहेका छन् ।

उनले अगाडि लेखेका छन–नेपाली कांग्रेसको सभापति गिरिजा प्रसाद कोइराला रहनु हुँदा २०६५ मा वर्तमान प्रधानमन्त्रीकै नेतृत्वमा एमाले सहभागी भएको सरकारले नीति कार्यक्रममा सशस्त्र द्वन्दको सट्टा अहिलेझैं शब्द प्रयोग गर्दा हाम्रो दलको तर्फबाट ती शब्द हटाउन संसदमा मैले संसोधन पेस गरेको थिएँ।

सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले जनयुद्धलाई दिवसको रूपमा सरकारी बिदा दिएसँगै आलोचना भइरहेको छ।
 

विशेष