News

‘भाउजु मन्त्री’ विमला वलीद्वारा माओवादी पार्टी त्यागेको घोषणा

‘भाउजु मन्त्री’ विमला वलीद्वारा माओवादी पार्टी त्यागेको घोषणा

लुम्बिनी प्रदेशमा ‘भाउजु मन्त्री’ का नामले परिचित पूर्व राज्यमन्त्री तथा माओवादी केन्द्रकी नेतृ विमला वलीले पार्टी परित्याग गरेकी छिन् ।

वलीले २४ माघमा माओवादी केन्द्र दाङका संयोजक सुवास पुनलाई राजीनामा पत्र बुझाउँदै पार्टीको साधारण सदस्यसमेत नरहने गरी राजीनामा दिएकी हुन्। माओवादीले आफूलाई न्याय नदिएको भन्दै उनले पार्टी परित्याग गरेको घोषणा गरेकी हुन।

२२ माघमा माओवादी केन्द्रले केन्द्रीय र वैकल्पिक केन्द्रीय समितिसहितको सूची टुङ्गो लगाएको थियो । त्यसमा मात्रै नभएर जिल्ला कमिटीमा समेत आफूलाई नराखिएको उनको गुनासो छ । 

‘पार्टीले मूल्याङ्कन नै गर्न सकेन, केन्द्रीय कमिटीको त कुरै छाडौँ जिल्ला कमिटीमा समेत राखिएन । यस्तो अवस्थामा पार्टीमा बसिरहन उपयुक्त देखिनँ’, उनले भनिन्, ‘अब कुनै पार्टीमा पनि लाग्दिनँ ।’ 

तत्कालीन सांसद तथा उनको श्रीमान उत्तरकुमार वलीको निधनपछि सोही ठाउँमा भएको उपनिर्वाचनमा नेकपाका तर्फबाट लुम्बिनी प्रदेशसभामा निर्वाचित भएकी वली नेकपा विघटन भएपछि माओवादी केन्द्रमा रहेकी थिईन।

लुम्बिनीमा शङ्कर पोखरेलको सरकार ढलेपछि उनी माओवादी केन्द्रका कुलप्रसाद केसी नेतृत्वको सरकारमा राज्यमन्त्री बनेकी थिइन् । राज्यमन्त्री हुँदा उनी विवादमा समेत तानिएकी थिइन् । वाईसीएल कार्यकर्ता एकराज बस्नेतसँगको ‘अप्राकृति तस्बिर’ का कारण उनको निकै चर्चा भएको थियो।

एकराज र खत्रीबीच सम्बन्ध रहेको विषय ०७८ भदौमा नै सार्वजनिक भएको थियो । श्रीमान दुर्घटनामा निधन भईसकेकी वली सिउँदोमा सिन्दुर लगाएर एकराजसँग वसेको फोटो फेसबुकमार्फत सार्वजनिक भएको थियो। तर, उनीहरुरुले सम्बन्ध अस्वीकार गरेका थिए । 

त्यसको केही समयपछि नै उनै एकराजकी श्रीमती र छोरीलाई कुटपिट र दुर्ब्यवहार गरेका कारण उनी फेरी विवादमा परिन। कुटपिट र दुर्ब्यवहार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका ५ बसपार्ककी २७ वर्षीया मिना भण्डारी बस्नेतले वली विरुद्ध उजुरी दिईन।

वलीले श्रीमान् एकराज बस्नेत नभएको मौका पारेर घरमा प्रवेश गरी नाबालिका छोरी एञ्जिलासहित आफूलाई थप्पड हानेको, दराजमा भएका कपडा निकाले च्यातचुत पारेको र अभद्र व्यवहार गरेको भन्दै उजुरी दिईन। अर्काको घरमा पसेर खत्रीले हातपात गर्न थालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए भने ईलाका प्रहरी कार्यालय तुलसीपुरले वलीलाई नियन्त्रणमा लिएको थियो। 

यो पनि,

विमला खत्री वली

विशेष