कुशल भुर्तेलले बनाए शतक, शतक पूरा गर्ने चौथो नेपाली क्रिकेटर
![कुशल भुर्तेलले बनाए शतक, शतक पूरा गर्ने चौथो नेपाली क्रिकेटर](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/bhurtel.jpg)
आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिज अन्तर्गत नामिबियासँगको खेलमा कुशल भुर्तेलले शतकीय पारी खेलेका छन्। ओपनर भुर्तेलले एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो सतक बनाएका हुन् ।
त्रिवि क्रिकेट मैदानमा जारी खेलमा उनले ९९ बलमा ९ चौका र चार छक्का प्रहार गर्दै सय रन पूरा गरेका हुन्। दुई विकेटको क्षति बेहोरिसकेको नेपालका लागि ३९ रनसहित कप्तान रोहित पौडेलले भूर्तेललाई साथ दिएका छन्।
नेपालका लागि शतक प्रहार गर्ने उनी चौथो खेलाडी हुन्। पूर्वक्रिकेटर पारस खड्काले १ सय १५ रन, दीपेन्द्र सिंह ऐरीले १ सय ५ रन र कप्तान रोहित पौडेलले१ सय २६ सहित शतक बनाएका छन्।
२०२१ सेप्टेम्बरमा पपुवा न्यूगिनिविरुद्ध एकदिवसिय क्रिकेटमा डेब्यू गरेका कुशलले २६ एकदिवसिय खेल्दा चार अर्धसतक प्रहार गरेका छन् । जारी खेलमा उनले तेस्रो विकेटका लागि कप्तान रोहित पौडेलसँग कीर्तिमानी १ सय ३३ रनको साझेदारी गरेका थिए । जुन ओडीआईमा नेपालका लागि सर्वाधिक ठूलो साझेदारी हो ।