News कर्पोरेट

‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो चरणको विजेता घोषणा

‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो चरणको विजेता घोषणा

शिवम् सिमेन्टको ‘शिवमसँग उपहार टन्न’ उपहार योजना अन्तर्गत दोस्रो चरणको विजेता घोषणा गरिएको छ । उद्योगले पत्रकार सम्मेलन गरी उपभोक्ता तर्फ ३० जना र बिक्रेता तर्फ ४० जना विजेताहरुको नाम सार्वजनिक गरेको हो ।

लक्की ड्रमार्फत घोषणा गरिएको विजेतामा उपभोक्तातर्फ प्रथम पुरस्कार पाउनेमा विकास कोइराला र रामप्रवेश यादव रहेका छन् । दुवै जना विजेताले थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गरेको कम्पनीले जनाएको छ।

दोस्रो पुरस्कार जित्नेमा दिया लक्ष्मी, शिवराज उप्रेती, साकुरा पावर र रौनककुमार झा सहित ४ जोडी रहेका छन् । दोस्रो बनेका उनीहरु सबै जनाले हेलिटुरको अवसर पाउने छन् ।

तेस्रो हुने फेवा कन्ष्ट्रक्सन, दिपेन्द्रकुमार झा, केशवकुमार, शर्मिला केसी, नितु मानन्धर तथा थप एकजना सहित ६ जनाले आधा–आधा केजी चाँदी उपहार प्राप्त गरेका छन् भने चौथो पुरस्कार वापत ८ जनालाई हिराको औंठी तथा अन्य पुरस्कार १० जोडीले माउन्टेन फ्लाइट उपहार स्वरुप जितेका छन् ।

पहिलो लक्की–ड्र मार्फत उपहार जित्न सफल मेची–कोशी क्षेत्रका उपभोक्ता तथा वितरकहरुलाई पुरस्कार समेत वितरण गरिएको थियो । यसअघि पुस २६ गते लक्की–ड्र मार्फत पहिलो महिनाको भाग्यशाली विजेताहरुको घोषणा गरेको थियो ।

सियोर सर्ट पुरस्कार मार्फत १ लाख ५० हजार भन्दा बढीले सुन, चाँदी तथा नगद उपहार प्राप्त गरिसकेको उद्योगले जनाएको छ । शिवम् सिमेन्टले गत १८ मंसिरदेखि ‘शिवम्सँग उपहार टन्न’ नामक उपहार योजना सञ्चालन गरेको हो । 
 

विशेष