News

जनयुद्ध दिवसको दिन मजदुरको आन्दोलन, जलाईयो प्रहरीको गाडी, लुटियो पसल

जनयुद्ध दिवसको दिन मजदुरको आन्दोलन, जलाईयो प्रहरीको गाडी, लुटियो पसल

सरकारले ‘जनयुद्ध दिवस’को अवसरमा सोमवार सार्वजनिक बिदा दियो। ०५२ फागुन १ गतेबाट सुरू भएको सशस्त्र युद्ध ०६३ मंसिर ५ गते विस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको विषयलाई विशेषतः माओवादी नेता÷कार्यकर्ताले विदाको रुपमा मनाए।

अर्कोतर्फ विभिन्न १० बुँदे माग राख्दै पछिल्लो दुई सातादेखि आन्दोलनरत यातायात मजदुरको आन्दोलन सोमबार दिउँसोदेखि उग्र बन्दै थियो। ट्राफिक प्रहरीले जरिवाना बढाएर पहिलो पटककै गल्तीमा १५ सय रुपैयाँ पु¥याएकोको विरोधमा सुरु भएको आन्दोलन नियन्त्रणबाहिर पुग्यो। आन्दोलनमा उत्तेजित भिडले प्रहरीका दुईटा भ्यान र बसपार्क क्षेत्रमा रहेको ल्होत्से मलभित्रै तोडफोड र लुटपाट गरेको छ।

त्यहाँको मोवाइल पसलसहितका केही पसमा तोडफोड र लुटपाट भएको दृष्य अहिले सामाजिक संजालमा छ्यापछ्याप्ती भएको छ। प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्ट चढ्ने बा २ झ १४४ नम्बरको पिकअप गाडी, माछापोखरीको अस्थायी प्रहरी बिट, ट्राफिक व्यवस्थापनका लागि राखिएका डिभाइडर र चोकमा राखिएका ट्राफिक आइल्याण्डहरुमा तोडफोड र आगजनी गरिएको छ।

नेकपा माओवादी केन्द्र, नेकपा एमाले लगायत विभिन्न दलसँग अवद्ध मजदुरहरुको यो आन्दोलन कसरी उग्र भयो ? भन्ने अहिलेसम्म खुलेको छैन। माओवादीले एकातर्फ विदा दिएर जनयुद्धको स्मरण गर्नु र अर्कोतर्फ सोही दिन लुटपाट हुनुलाई सर्वसाधारणले भने शंकाको दृष्टिले हेरिरहेका छन्। जनयुद्द दिवसको दिन माओवादी कार्यकर्ताको मनोवल वढेका कारण पनि यस्तो दुखद घट्ना भएको हुन सक्ने कतिपयको अनुमान छ। तर, यो विषय प्रमाणित भईनसकेकाले अनुसन्धानको विषय भएको प्रहरीको भनाई छ।

लोत्से मलमा भएको लुटपाटको दृष्य हेर्दा यातायात मजदुरभन्दा पनि अन्य ब्यक्ति संलग्न भएको देखिएको स्थानीयहरु बताउँछन्। काठमाडौं प्रहरीको बुझाइमा पनि एक प्रकारको सहमतिपछि प्रदर्शन उग्र हुनुमा आन्दोलनमा संलग्नभन्दा बाहिरका समूहको भूमिका छ ।

यसमा अरु ‘स्वार्थ समूह’हरु जोडिएको प्रहरीको अनुमन गरिएको छ। 

यो पनि,

विशेष