News

भरतमोहन अधिकारीकी छोरी लीमा कसरी भईन रास्वपाको केन्द्रीय सदस्य ?

भरतमोहन अधिकारीकी छोरी लीमा कसरी भईन रास्वपाको केन्द्रीय सदस्य ?

पूर्व उपप्रधान तथा अर्थमन्त्री एवम् एमाले नेता भरतमोहन अधिकारीकी छोरी लीमा अधिकारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सदस्य भएकी छिन् । सोमबार बसेको रास्वपा बैठकले अधिकारीलाई पार्टी केन्द्रीय सदस्य मनोनीत गरेको थियो।

यसअघि नेकपा एकीकृत समाजवादीमा रहेकी लीमालाई गत ४ मंसिरमा सम्पन्न निर्वाचनमा एकीकृत समाजवादीले खस–आर्य महिला कोटाबाट प्रतिनिधिसभामा समानुपातिक उम्मेदवार बनाएको थियो।

पुराना दलबाट मुलुकको विकास, समृद्धि, रोजगारी, सर्वसुलभ स्वास्थ्य र शिक्षाको ग्यारेन्टी नहुने देखेपछि आफू फरक धारको राजनीतिमा सक्रिय हुने निश्कर्षमा पुगेको उनले बताइन्। अधिकारी पछिल्लो समय भरतमोहन अधिकारी फाउण्डेशनमार्फत समाज सेवामा सक्रिय छन्।

फाउण्डेशनले ललितपुरको बुङमति र विराटनगरमा निरक्षर वृद्धवृद्धाका लागि निःशुल्क साक्षरता कार्यक्रम सन्चालन गर्दै आएको छ। उनका पिता भरतमोहन तत्कालीन एमाले नेतृत्वको अल्पमत सरकारका अर्थममन्त्री थिए। अधिकारीले ‘आफ्नो गाउँ, आफैं बनाऔं, गाउँ–गाउँमा सहकारी, घरघरमा भकारी, ज्येष्ठ नागरिकका लागि सामाजिक सुरक्षा भत्ता, एकल महिला भत्ताजस्ता कार्यक्रमको थालनी गरेका थिए।

सोही कार्यका कारण दिवंगत भएपछि पनि ज्येष्ठ नागरिकका बीचमा अधिकारी लोकप्रिय छन्।
 

लीमा अधिकारी

विशेष