News विदेश

काश्मीरका अन्तिम सन्तूर निर्माता गुलाम मुहम्मदलाई पद्मश्री प्रदान 

काश्मीरका अन्तिम सन्तूर निर्माता गुलाम मुहम्मदलाई पद्मश्री प्रदान 

 

काश्मीर । भारतको ७४ औं गणतन्त्र दिवसको अवसरमा जम्मू र काश्मीरका दुई व्यक्तिहरू सहित देशभरका विभिन्‍न विधाहरू अन्तर्गत पद्मश्री पुरस्कारका लागि ९१ व्यक्तिहरूलाई छनोट गरिएको छ। 

मोहन सिंह र गुलाम मोहम्मद जाजको नाम गणतन्त्र दिवसको अवसरमा सद्रिया जमहुरीको स्वीकृति पछि घोषणा गरिएको थियो।

मोहन सिंहलाई साहित्य र शिक्षाको क्षेत्रमा अमूल्य सेवा गरेबापत पद्मश्री पुरस्कारबाट सम्मानित गरिएको छ भने शहर–खासको जैना कदल क्षेत्रका बासिन्दा गुलाम मुहम्मद जाजलाई साहित्यको क्षेत्रमा विशिष्टता कायम राखेको भन्दै सम्मान गरिने भएको हो। 

पद्मश्री पुरस्कार देशको सर्वोच्च नागरिक पुरस्कार मध्ये एक हो, जुन तीन विधामा दिइन्छ। यी पुरस्कारहरू प्रत्येक वर्ष मार्च वा अप्रिलमा राष्ट्रपति भवनमा आयोजित औपचारिक समारोहमा भारतका राष्ट्रपतिद्वारा प्रदान गरिन्छ।

काश्मीरका गुलाम मोहम्मद जाज काश्मीरमा सन्तूर बनाउने अन्तिम कारीगर हुन्। यो काम उनले आफ्नो परिवारबाट विरासतमा पाएका हुन्। गुलाम मुहम्मद जाज आफ्नो परिवारको आठौं पुस्ता मात्र नभई सम्पूर्ण काश्मीरका अन्तिम कारीगर पनि हुन्।

सो अवसरमा आफ्नो धारणा व्यक्त गर्दै गुलाम मुहम्मद जाजले आफूलाई यो सम्मानका लागि छनोट भएको खबर पाउनु खुसीको कुरा भए पनि पछिल्लो आठ पुस्तामा यो सम्मान कसैलाई नपाएकोमा आफूलाई दुःख लागेको बताए।

उनले भने, ‘यो सम्मान दिनु निकै खुसीको कुरा हो, तर दुख यो छ कि यो सम्मान धेरै पहिले नै दिनु पर्ने थियो।'

उनले यो सम्मान आफ्नो र काश्मीर उपत्यकाका लागि गर्वको कुरा भएको बताए। उनले काम र कलाको राष्ट्रिय स्तरमा प्रशंसा भइरहेको पनि बताएका छन्।  गुलाम मुहम्मद जाज सन्तूर शास्त्रीय वा गूढ संगीतमा प्रयोग हुने यन्त्र बनाउने गरेका छन्। 
 

विशेष