नामिबियाविरुद्धको खेलमा सन्दीप लामिछाने रोएपछि...
![नामिबियाविरुद्धको खेलमा सन्दीप लामिछाने रोएपछि...](https://nepalaaja-files-storage.sfo2.cdn.digitaloceanspaces.com/uploads/Nepalaaja_76/2023/02/sandeep.jpg)
बलात्कार आरोपका कारण लामो समय निलम्वनमा परेर हाल खेलमा फर्किका सन्दीप लामिछाने मंगलवारको खेलमा रोएका छन् । विश्वकप लिग–२ अन्तर्गत नामिबियाविरुद्ध भईरहेको खेलमा सन्दीप लामिछाने रोएका हुन् ।
लामिछानेले दोस्रो बलमै विकेट लिएका थिए। ११ औँ ओभरमा बलिङमा आएका सन्दिपले दोस्रो बलमै कार्ल बिर्केन्स्टकलाई बोल्ड आउट गरे। त्यसपछि उनको आँखामा आँसु भएको थियो। उनी रुदै खेलीरहेको देखिएको छ।
केन्या सिरिजपछी मैदान फर्केका सन्दीपले पहिलो विकेट लिएपछि मैदानमा नै भावुक बनेका हुन। सन्दिपले पहिलो ओभरमा ३ रन खर्चिएका थिए। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको नामिबियाले १३ ओभरको समाप्तीमा २ विकेट गुमाएर ५० रन बनाएर खेलिरहेको छ।
नेपालका लागि सन्दीप लामिछाने र सोमपाल कामीले एक एक विकेट लिए।