News विदेश

मोदी विरोधी वृत्तचित्र बनाउने बीबीसीको दिल्ली कार्यालयमा राजश्वको छापा

मोदी विरोधी वृत्तचित्र बनाउने बीबीसीको दिल्ली कार्यालयमा राजश्वको छापा

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा (सन् २००२ मा) भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर वृत्तचित्र प्रशारण गरेको केही समयपछि नै बीबीसीको दिल्ली कार्यालयमा आन्तरिक राजस्व कार्यालयले छापा मारेको छ।

भारतीय सञ्चार माध्यमहरूले जनाएअनुसार ब्रिटिस ब्रोडकास्टिङ कर्पोरेसन (बीबीसी) मा कार्यरत सम्पूर्ण कर्मचारीको मोबाइल फोनसमेत कब्जामा लिइएको छ। केही समयअघि बीबीसीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको विषयमा एउटा वृत्तचित्र बनाएको थियो ।

वृत्तचित्रबारे असन्तुष्टि जनाउँदै सरकारले भारतमा त्यसको अनलाइन लिंकमाथि प्रतिबन्ध लगाएको थियो । मोदी गुजरात राज्यको मुख्यमन्त्री हुँदा सन् २००२ मा भएको साम्प्रदायिक दंगाको विषयलाई लिएर तयार पारिएको उक्त वृत्तचित्रको पहिलो भाग १७ जनवरीमा सार्वजनिक भएको केही समयमा नै भारतमा ब्लक गरिएको थियो ।

भारतको सूचना तथा प्रशारण मन्त्रालयले आईटी नियमलाई आधार बनाएर बीबीसीको सामग्रीले साम्प्रदायिकतामा खलल ल्याउने भन्दै उक्त भिडियो राखिएका लिंक र सामाजिक सञ्जालका खाताहरू बन्द गर्न निर्देशन दिएको थियो ।

भारतीय सञ्चार माध्यमहरूका अनुसार उक्त भिडियोको यूट्युब लिंक र लिंक शेयर गर्ने करिब ५० वटाभन्दा बढी ट्वीटर खाताहरू भारत सरकारले ब्लक गरिदिएको थियो । 
 

विशेष