News

यातायात मजदुरको आन्दोलनः१० करोडको मोवाईल लुटियो, डिएसपी जिम्मेवारी मुक्त

यातायात मजदुरको आन्दोलनः१० करोडको मोवाईल लुटियो, डिएसपी जिम्मेवारी मुक्त


सोमवार यातायात मजदुरहरुले काठमाडौंका माछापोखरी र नयाँबसपार्क क्षेत्रमा गरेको प्रदर्शनका क्रममा तीन ठाउँमा मोबाइल पसलमा लुटपाट भएको छ ।

आन्दोलनका क्रममा ८ देखि १० करोड रुपैयाँ बराबरको लुटपाट भएको जनाईएको छ। नेपाल मोबाइल व्यवसायी संघका अनुसार सोमबार बेलुकी ल्होत्से मलमा एक हुल प्रवेश गरी तोडफोड र मोबाइल पसलमा लुटपाट गरेको थियो ।

ल्होत्से मलमा मोबाइल पसल सन्चालन गरेका र नेपाल मोबाइल व्यवसायी संघका उपाध्यक्ष समेत रहेका अर्जुन चालिसेले लुटपाट र तोडफोडबाट ८ देखि १० करोड रुपैयाँ बराबरको क्षति भएको बताए । चालिसेका अनुसार उनको मोबाइलको स्टोर रुम, पसल र सर्भिस सेन्टरबाट मोबाइल तथा तिनका पार्टपूर्जा लुटपाट भएको छ ।

सामाजिक सन्जालमा सार्वजनिक भएको सीसीटीभी फुटेजमा मोबाइल पसलको सटर खोलेर लुटपाट गरिरहेको दृष्य देखिन्छ । 

उक्त घट्नापछि प्रहरी प्रहरी वृत्त, बालाजुका डीएसपी रविन विष्टलाई जिम्मेवारीबाट हटाईएको छ। उनको ठाउँमा डीएसपी मनोजित कुँवरलाई पठाइएको छ ।

ट्राफिक प्रहरीले जरिवाना बढाएको भन्दै भएको प्रदर्शनले उग्र रुप लिँदा बसपार्क, माछापोखरी लगायतका क्षेत्रमा तोडफोड र आगजनी भएको थियो । घटनाबारे प्रहरीले विस्तृत अनुसन्धान गरिरहेको छ ।

विशेष