News

अदालत परिसरमै विस सेवन गरेकी बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ

अदालत परिसरमै विस सेवन गरेकी बिनु यादव संसद् भवन अगाडिबाट पक्राउ

केही समयअघि अदालत परिसरमै विस सेवन गरेर चर्चामा आएकी बिनु यादव आज संघीय संसद् भवन अगाडिबाट पक्राउ परेकी छन् ।

निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेपछि उनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर, काठमाडौंले जनाएको छ । घरेलु हिंसाबाट पीडित बनेकी बिनुले रामेछापको मन्थलीका प्रदीप कठायतले आफूलाई यातना दिएको बताउँदै आएकी छन् ।

कठायतले उनीसँग सम्बन्ध विच्छेदको मुद्दा पनि दर्ता गराएका थिए । अदालतको फैसलापछि उनले अदालत परिसरमै विष सेवन गरेकी थिइन् । पछि बिनुले प्रदीपका काका पवन कठायतविरुद्ध जबरजस्ती करणी उद्योगको जाहेरी दिएकी थिइन् ।

केही अघि सर्वोच्च अदालत परिसरमा रातो रंग फ्याँक्दा पनि उनी पक्राउ परेकी थिइन् । यस्तै प्रहरीले जिल्ला अदालत कपिलवस्तुका न्यायाधीश भुवन गिरीकी श्रीमती आरती रावल गिरी र कृतिका यादवलाई पनि पक्राउ गरेको छ । आरतीले श्रीमानमाथि बैवाहिक बलात्कारको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी छिन्।

आरती गिरीले कारबाही प्रक्रिया अगाडि बढाउन माग गरेकी थिइन् । यादव र गिरीले संसदभवन अगाडि आत्मदाह गर्ने भन्दै पेट्रोल, काँचका सीसा बोकेर आएका थिए । 
 

बिनु यादव

विशेष