News खेल

शंकर पोखरेल विरुद्ध जितु नेपाल र रचना रिमाल मैदानमा उत्रिएपछि...

शंकर पोखरेल विरुद्ध जितु नेपाल र रचना रिमाल मैदानमा उत्रिएपछि...

केपी ओली कप फुटबल प्रतियोगिताको उद्घाटनअघि नेता र कलाकार मैदानमा भिडेका छन् । आयोजक केपी ओली फुटबल क्लबको पहलमा कलाकारहरु र राजनीतिक दलका नेताहरुबीच मैत्रपूर्ण फुटबल खेलाईएको हो।

उक्त मैत्रीपूर्ण फुटबलका क्रममा कलाकारको तर्फबाट गायक बद्री पंगेनी, गायिका रचना रिमाल, नायक धिरेन शाक्य र अर्का कलाकार जितु नेपाल, सागर लम्साल, कुमार कट्टेल, कलाकार शंकर बीसी लगायत रहेका थिए । 

त्यस्तै, नेताहरुमा एमाले महासचिव शंकर पोखरेल, पूर्वसांसद महेश बस्नेत, युवा संघ अध्यक्ष किरण पौडेल, नेकपा एमालेका महासचिव शंकर पोखरेल, केन्द्रीय सदस्य महेश बस्नेत, माओवादी केन्द्रका केन्द्रीय सदस्य रामप्रसाद सापकोटा (दीपशिखा) सहित मैदानमा देखिए।

संघले फागुन ११ देखि गर्न लागेको केपी ओली कप राष्ट्रिय च्याम्पियनसीप आयोजना गर्न घोषणा गरिसकेको छ ।

केपी ओली कप

विशेष