News प्रदेश १

रक्सि धोकेर स्थानीयलाई कुटेको आरोपमा पक्राउ परेका ‘म्याकुरी’ लाई प्रहरीले छोड्दियो

रक्सि धोकेर स्थानीयलाई कुटेको आरोपमा पक्राउ परेका ‘म्याकुरी’ लाई प्रहरीले छोड्दियो

मोरङमा मदिरा सेवन गरी कुटपिट गरेको आरोपमा पक्राउ परेका कलाकार पवन खतिवडा (म्याकुरी) हिरासत मुक्त भएका छन् । बुधबार पीडित पक्षसँग मिलापत्र गरेपछि उनि हिरासत मुक्त भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय बेलवारीका प्रमुख प्रहरी निरीक्षक खगेन्द्र धमलाले भने–‘सामान्य विवाद भएको थियो। अहिले मिलापत्र गरेर गइसक्नुभयो,’ मंगलबार राति बेलबारी नगरपालिका १ स्थित एक होटलमा मापसे गरी कुटपिट गरेपछि उनलाई पक्राउ गरिएको थियो ।

म्याकुरी र सोही ठाउँका रमेश भण्डारीले बेलबारी ४ का जीवन कार्कीमाथि कुटपिट गरेका थिए । त्यसपछि प्रहरीले उनीहरू दुबैलाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय बेलबारीको हिरासतमा राखेको थियो ।

तर, खतिवडाले भने मादक पदार्थ सेवन गरेर झगडा गरेको विषय अस्विकार गरेका छन्। आफु घटना भएको स्थानमा भएकाले प्रहरिले अनुसन्धानका लागि नियन्त्रणमा लिएको उनको भनाई छ। ‘उनिहरु साथी–साथी झगडा गरेका हुन। मैले जिवनमा झगडा गरेर अङ्गभङ्ग हुने गरी कसैमाथी हमला गरेको छैन’ उनले फेसवुकमा लेखेका छन्–‘झगडाबाट टाढै भाग्ने मान्छेलाई यस्तो अधारहिन कुरा गरेर बदनाम गर्ने?’

टाउको फुटाउने र फुटाइखाने दुबै मिलिसके अनि बिचमा परेको म चै बलिको बोका? भन्दै उनले प्रश्न गरेका छन्। 

पवन खतिवडा म्याकुरी

विशेष