News

राष्ट्रपति र प्रधानमन्त्रीसहित १४ जना नेतासँग भेटघाट गरेर फर्किए क्वात्रा

राष्ट्रपति र प्रधानमन्त्रीसहित १४ जना नेतासँग भेटघाट गरेर फर्किए क्वात्रा

सचिवस्तरीय बैठकमा भाग लिन नेपाल आएका भारतीय विदेश सचिव विनयमोहन क्वात्रा मंगलवार स्वदेश फर्किएका छन । उनले समकक्षीसहित राष्ट्रपति, प्रधानमन्त्री, पूर्वप्रधानमन्त्रीहरू लगायत १४ जना भेटघाट गरेका छन्।

सोमबार बिहान काठमाडौं उत्रिएलगत्तै क्वात्राले समकक्षी भरतराज पौड्यालसँग भेटवार्ता गरे। त्यसपछि उनले सोही राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल, परराष्ट्रमन्त्री विमला राई पौड्याल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटघाट गरे।

दोस्रो दिन मंगलबार उपप्रधानमन्त्री तथा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, उपप्रधानमन्त्री तथा माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, जनमत अध्यक्ष सीके राउत, लोसपा अध्यक्ष महन्थ ठाकुर, कांग्रेस नेताहरू शेखर कोइराला, बालकृष्ण खाँण र रमेश लेखक तथा मधेसी नेता हृदयेश त्रिपाठीलाई भेटे ।

नेपालका लागि राजदुत समेत रहिसकेका क्वात्राले नेताहरुसँगको भेटमा दुईपक्षिय सम्वन्ध, दुई मुलुकको हितका विषयमा छलफल भएको जनाईएको छ। 
 

विशेष