News विदेश

टर्की भुकम्पको ८ दिनपछि भग्नावशेषबाट ७ जनाको जिवितै उद्वार

टर्की भुकम्पको ८ दिनपछि भग्नावशेषबाट ७ जनाको जिवितै उद्वार

टर्कीमा गत सोमबार गएको शक्तिशाली भूकम्पमा परि बेपत्ता भएका ७ जनाको १९८ घण्टापछि जिवितै उद्वार गरिएको छ। 

अन्तराष्ट्रिय समाचार संस्थाले जनाएअनुसार भूकम्प गएको ८ दिनपछि मंगलबार भूकम्प प्रभावित क्षेत्रहरूको भग्नावशेषबाट ७ जनालाई जिवितै उद्धार गरिएको हो।

सीएनएनका अनुसार दक्षिणी टर्कीस्थित एउटा भवनको भग्नावशेषबाट १८ वर्षीय मोहम्मद क्याफरलाई जिवितै उद्धार गरेका छन्।

यस्तै युक्रेनी उद्धारकर्मीहरूले दक्षिणी टर्की प्रान्त हातेस्थित भवनको भग्नावशेषबाट एक महिलालाई जिवितै उद्धार गरी अस्पताल पठाएका छन्। सोही प्रान्तबाट उद्धारकर्मीले थप २ महिलाको जिवितै उद्धार गरेका छन्।

यस्तै उद्धारकर्मीले छिमेकी कहरामनमारस प्रान्तस्थित एक अपार्टमेन्टको भग्नावशेषबाट दुई दाजुभाइलाई जिवितै उद्धार गरेका छन्। सरकारी स्वामित्वको अनादोलु समाचार एजेन्सीका अनुसार १७ वर्षीय मोहम्मद एनेस येनिनार र उनको दाजु २१ वर्षीय बाकी येनिनारलाई उद्धार गरी अस्पताल पु¥याएको हो।

सोही प्रान्तबाट अर्की एक महिलाको पनि जिवितै उद्धार गरी अस्पताल पठाएको टर्किस मिडियाले जानकारी दिएका छन्। विनासकारी भूकम्पले टर्की र छिमेकी मुलुक सिरियामा गरी मृत्यु हुनेको संख्या ४१ हजार नाघेको छ।
 

विशेष