News खेल

एमबाप्पेले पनि हारबाट वचाउन सकेनन पीएसजीलाई

एमबाप्पेले पनि हारबाट वचाउन सकेनन पीएसजीलाई

चोटका कारण दुई सातापछि मैदानमा फर्किएका फरवार्ड काइलियन एमबाप्पेले समेत यूईएफए च्याम्पियन्स लिग अन्तिम–१६ को पहिलो लिगमा पीएसजीलाई हारबाट जोगाउन सकेनन्।

मंगलबार राति भएको खेलमा किङ्सले कोम्यानको गोलमा बायर्न म्युनिखले पेरिस सेन्ट जर्मेन (पीएसजी)लाई १–० ले हराएको छ । पेरिसमा जन्मिएका र पीएसजीमै हुर्किएका कोम्यानले गरेको एकमात्र गोल पीएसजीको हारको कारण बन्यो।

२०२० को फाइनलमा पनि कोम्यानकै गोलमा बायर्नले पीएसजीलाई १–० ले हराएर उपाधि उचालेको थियो । पेरिस भ्रमणमा जर्मन क्लब बायर्नका लागि कोम्यानले ५३औँ मिनेटमा गरेको गोल निर्णायक बनेको थियो ।

कोम्यानले अल्फान्सो डेबिसको पासमा गोल गरेका थिए । पीएसजीका फरवार्ड काइलियन एमबाप्पेले ८२औँ मिनेटमा बराबरी गोल फर्काएका थिए । तर, भिडियो सहायक रेफ्रीले उक्त गोललाई अफसाइड घोषित दिएको थियो । 

इन्जुरी बायर्नका रक्षक बेन्जामिन पाभार्डले दोस्रो पहेँलो कार्डको सामना गरेपछि पाहुना टोली दश खेलाडीमा सीमित भएको थियो । पाभार्डले २६औँ मिनेटमा पहिलो पहेँलो कार्डको सामना गरेका थिए । 

जितसँगै बायर्न क्वार्टरफाइनलबाट एक खुड्किलो टाढा छ । दोस्रो लिग ८ मार्चमा म्युनिखमै हुनेछ । पीएसजीले भने २०२३ मा सबैखाले प्रतियोगितामा गरी पाँच खेलमा पराजित भइसकेको छ । 
 

विशेष