News

पर्यटक बोकेर पोखरा हिडेको वस कालीगण्डकीमा खस्यो

पर्यटक बोकेर पोखरा हिडेको वस कालीगण्डकीमा खस्यो

मुस्ताङको जोमसोमदेखि पोखराका लागि छुटेको बस थासाङ गाउँपालिका–३, धम्पु भन्ने ठाउँमा कालीगण्डकीमा खस्दा २ भारतीयसहित १७ जना घाइते भएका छन् । 

ना७ख ७४४० नम्बरको बस बदीमा खस्दा बसमा सवार सबै जना घाइते भएको जनाईएको छ। सडकबाट बस करिब ४५ मिटर तल खसेको डीएसपी रविन्द्रनाथ पौडेलले जानकारी दिए । 

बस सीधै पानीमा खसेको र उद्धार छिटो हुँदा ठूलो क्षति हुन नपाएको पौडेलले बताए। घाईते मध्ये २ जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते २ जनासहित १४ जनालाई थप उपचारका लागि एम्बुलेन्समार्फत पोखरा पठाइसकिएको छ भने बाँकी तीन जना सामान्य घाइतेको थासाङ–३ स्थित लेते प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ।

दुर्घटनामा पर्नेहरु घुम्न गएका पर्यटक र स्थानीयहरू समेत छन् । 
 

विशेष