News

दवङ डीआईजी अशोक सिंहविरुद्ध किर्ते आरोपमा अख्तियारमा उजुरी

दवङ डीआईजी अशोक सिंहविरुद्ध किर्ते आरोपमा अख्तियारमा उजुरी

महानगरीय प्रहरी परिसर काठमाडौंमा एसएसपी हुँदा पैसा र प्रोफाईल वनाउने नाममा हुने/नहुने सवै काम गरेको तथा निर्दोश नागरिकलाई दुःख दिएको आरोप लागेका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता भएको छ। 

शैक्षिक प्रमाणपत्र कीर्ते गरेको दाबीसहित उनी विरुद्ध उजुरी परेको हो। एआईजीमा बढुवा प्रक्रिया अघि बढिरहेका बेला सिंहले जन्ममिति शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली बनाएको दाबीसहित बुधबार अख्तियारमा उजुरी परेको हो। 

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी सम्हालिरहेका सिंहले जन्म मिति सच्याउँदै नक्कली शैक्षिक योग्यताको प्रमाण पेश गरेर जागिर खाएको जिकिरसहित छानबिन गर्न अख्तियारलाई भनिएको छ। 

सिंहविरुद्ध यो उजुरी काठमाडौंको बागबजार निवासी विश्वप्रकाश भेटवालले दिएका हुन्। उजुरीमा सिंहले भारतीय शैक्षिक प्रमाणपत्र पेस गरेर जागिर खाएको दाबी गरिएको छ। सिंहले उमेर पनि सच्याएको जिकिर उजुरीमा छ। उमेर सच्याएकैले उनी पदमा रहेको बताउँदै नभए ५६ वर्षे उमेर हदका कारण अवकाश भइसक्ने दाबी गरिएको छ। 

गृहसचिवसमेत रहेका भाइ विनोदप्रकाश सिंह नै ५७ वर्ष पुगिसकेकाले अशोक सिंह ५८ नाघिसकेको तर्क उजुरीमा गरिएको छ। त्यसैगरी सिंहले प्रहरी निरीक्षकमा नियुक्ति लिँदा पेश गरेको शैक्षिक प्रमाण पत्र नक्कली भएको पनि जिकिर गरिएको छ। भारतको लखनउस्थित कलेजमा पढेको भनिएको शैक्षिक प्रमाण पत्र नै नक्कली रहेको दाबी उजुरीमा छ।

उनले भारतबाट लिएको शैक्षिक प्रमाणपत्र नेपालमा पुनजाँच पनि नगरिएको तर्क उजुरीमा छ। उजुरीमा उक्त कलेजमा पढ्दै नपढेकाले त्यो शैक्षिक प्रमाणपत्र नक्कली भएको दाबी गरिएको छ। डीआईजी सिंह पनि एआईजी हुँदै आईजीपीको दौडमा छन्। यही चैतमा उनकै ब्याचबाट एकजना आईजीपी हुने निश्चित छ।

५ मंसिर २०७७ मा काठमाडौं प्रहरी प्रमुख बनेका सिंह पैसाका लागि पाकिस्तानी राजदुतावाससँग नजिकिएको र काठमाण्डौं भ्यूटावरका मुख्य ठेकेदार मनोज भेट्वालको गुलाम भएको आरोप लाग्ने गरेको छ। उनले आफनो वढुवाको लाईन मिलाउन क्यान्सर पीडित महिला कर्मचारीलाई समेत ज्यानमारा सरह हिरासतमा राखी दुःख दिएको आरोप संगठन भित्रै छ। 

ज्येष्ठ नागरिकलाई दुःख दिएको विषयमा विरलै पर्ने उजुरीलाई भ¥याङ वनाएर चर्चामा आउने मोहमा उनले २४ चैत ०७७ मा नेपाल राष्ट्र वैंककी निर्देशक सुष्मा रिजाललाई पक्राउ गरेका थिए । कानुनको गलत ब्याख्या गरेर सुस्मालाई हिरासतमा राखेका उनले राजनीति र संगठनात्मक पहुँचका आधारमा सुस्मालाई दुःख दिए। किमो दिन समेत अवरोध गरी उनले चरम अमानविय ब्यवहार देखाएका थिए। छोरावुहारीको उक्साहट र दवावमा उनकै ८४ वर्षकी आमा शोभा रिजालले दिएको जाहेरीका आधारमा सुष्मा पक्राउ परेकी थिईन ।

यसैगरी, जिहादीको विरोध र हिन्दुत्वको पक्षमा सुरु भएको रास्ट्रिय एकता अभियानको प्रदर्शन दवाउन भुमिका निर्वाह गरेका कारण पनि उनी विवादमा आए । यो प्रकरणमा उनीमाथि पाकिस्तानी दुतावासको दानापानी खाएको आरोप लागेको थियो।

उनले अभियानका अध्यक्ष विनय यादबलाई दुःख दिन तारेखमा राख्ने, थुन्दिने भन्दै धम्की दिने लगायतका काम गरेका थिए । काठमाडौँ भ्यूटावरमा काम गर्ने भारतीय पेटी ठेकेदारलाई ज्यान मार्ने धम्की दिएको, उनको सामान कब्जा गरेको र काम गरे वापतको भुक्तानी नदिएको बिषयमा रिपोर्टिङ्ग गर्न गएको ‘नेपाल आज’को टीमलाई समेत उनले दुर्ब्यवहार गरेका थिए। भेटवालले पत्रकारलाई दुब्र्यवहार गरेको र सञ्चार सामग्री तोडफोड गरेको विषयमा दिएको निवेदन समेत सिंहले वेपत्ता वनाएर संचार विरोधी काम गरे । 

यो पनि

अशोक सिंह असोक सिंह

विशेष