News

संसदमा अख्तियारलाई प्रश्नः रिङटोन बजाएर भ्रष्टाचार रोकिन्छ ?

संसदमा अख्तियारलाई प्रश्नः रिङटोन बजाएर भ्रष्टाचार रोकिन्छ ?

कांग्रेस सांसदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यसम्पादनमाथि प्रश्न उठाएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद चन्द्रकान्त भण्डारीले आयोगको कार्य सम्पादनमाथि प्रश्न उठाएका हुन्। 

उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रिङटोनमा ‘भ्रष्टाचार गर्नु अपराध हो’ भन्ने आवाज राखेको उल्लेख गर्दै त्यसरी आवाज सुनाउनुको ठाउँमा भ्रष्टचारीहरूको फाइल खोलेर कारबाही किन गर्न नसकेको ?भन्दै प्रश्न गरे। 

आयोगलाई भ्रष्टाचारीमाथि अनुसन्धान गरी कारबाही गर्न कसले रोकेको हो ? भन्दै उनले प्रश्न गरे। ‘बिहान हामीले मोबाइलमा सुन्छौँ, भ्रष्टाचार गर्नु अपराध हो, अख्तियार अनुसन्धान आयोग । अख्तियार अनुसन्धानले फाइल खोजेर थुन्नलाई कसले रोकेको छ र दूरी राखेर बस्छ । त्यो के हो ? यो नाटक, के नाटक, केका लागि नाटक ?’ उनले भने–‘त्यसैले हामीले हाम्रो संसद्लाई विभिन्न विषयहरूको छलफलको थलो बनाउनुपर्छ।’

विशेष