News अपराध सुरक्षा

छोरी बलात्कार गरेको आरोपमा नेपाल सरकारका उप–सचिव पक्राउ

छोरी बलात्कार गरेको आरोपमा नेपाल सरकारका उप–सचिव पक्राउ

छोरीलाई बलात्कार गरेको आरोपमा नेपाल सरकारका उपसचिव पक्राउ परेका छन्। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा उपसचिव रहेका उनलाई प्रहरीले पक्राउ गरेको हो।

४५ वर्षका आरोपितमाथि लागेको आरोपमा थप छानबिन गर्न प्रहरीले अदालतबाट सात दिनको म्याद पनि थपेको छ। छोरीमाथि नै बलात्कारको गम्भीर आरोप लागेका उनीमाथि थप छानबिन गर्न आवश्यक रहेको जनाएपछि अदालतले प्रहरीलाई सात दिनको म्याद दिएको महानगरीय प्रहरी परिसर ललितपुरका डिएसपी नारायण चिमोरियाले जानकारी दिए।

१८ वर्षीया आफ्नै छोरी बलात्कार गरेको आरोप लागेपछि निजलाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरले जनाएको छ। उनले छोरीलाई विगत ३÷४ वर्षदेखि बलात्कार गर्दै आएको आरोप लागेको छ। छोरीलाई बलात्कार गर्ने गरेको आमाले थाहा पाएपनि शुरुमा इज्जत जाने डरले सार्वजनिक नगरेको प्रहरीको दावी छ। तर बलात्कारको क्रम नरोकिएपछि किशोरी र उनकी आमाले प्रहरीमा उजुरी दिएका थिए।

उनीहरुको उजुरीकै आधारमा उनलाई पक्राउ गरिएको थियो। महोत्तरी गृहजिल्ला रहेका उनी हाल ललितपुरको धोविघाट बस्दै आएका छन्।
 

विशेष