News

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ जना घाईते

नुवाकोटमा बस दुर्घटना हुँदा ३ जनाको मृत्यु, २३ जना घाईते

नुवाकोटमा बिहीबार भएको बस दुर्घटनामा ३ जनाको मृत्यु भएको छ ।

विदुर नगरपालिका ४ बट्टारबाट तारकेश्वर गाउँपालिका–१ दाङसिङतर्फ जाँदै गरेको बा २ ख ८४५ नम्बरको बस विदुरको चैनपुरमा दुर्घटना भएको हो।

दुर्घटनामा परी ३ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवं डीएसपी खगेन्द्र खड्काले बताए । मृत्यु हुनेमा विदुर नगरपालिका ३ का ६३ वर्षीय बाबुराम दर्जी नेपाली, ७८ वर्षीय रामप्रसाद अर्याल र अन्दाजी ५० वर्षीया सीतादेवी अर्याल रहेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी २३ जना घाइते भएको र घाइतेहरूको जिल्ला अस्पताल त्रिशूलीमा उपचार भइरहेको डीएसपी खड्काले बताए ।

बस सडकबाट २० फिट तल खसेको छ ।

विशेष