News

सिलिण्डर विस्फोटमा परी घाईते भएका सांसद चन्द्र भण्डारीलाई भारतको मुम्वई लगिँदै

सिलिण्डर विस्फोटमा परी घाईते भएका सांसद चन्द्र भण्डारीलाई भारतको मुम्वई लगिँदै

ग्यास सिलिण्डर बिस्फोटबाट गम्भीर घाइते भएका नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीलाई थप उपचारका लागि भारतको मुम्बई लैजाने तयारी गरिएको छ। खाना पकाउने ग्याँस सिलिण्डर विस्फोटबाट घाइते भएका नेपाली कांग्रेस सांसद चन्द्र भण्डारी र ८६ वर्षीया उनकी आमा हरिकला भण्डारी घाईते भएका छन्।

उनिहरुको अवस्था गम्भीर छ। सांसद भण्डारीको फोक्सोमा समेत असर परेकाले अवस्था गम्भिर देखिएको हो। कीर्तिपुर अस्पतालले भण्डारीलाई थप उपचारका लागि भारत लैजान सिफारिस गरेको छ । गएराति बुद्धनगरस्थित निवासमा ग्याँस सिलिण्डर विस्फोट हुँदा घाईते भएका आमाछोरालाई राति नै अस्पताल भर्ना गरी आईसीयूमा राखेर उपचार भइरहेको छ ।

अस्पतालकी मेडिकल डाइरेक्टर निजिना ताम्राकारका अनुसार सांसद भण्डारीको २५ देखि ३० प्रतिशत र उनकी आमाको ७० प्रतिशत शरीरको भाग जलेको छ । उनका अनुसार आमाको अन्य रोग पनि भएकाले अवस्था जटिल छ ।

आमाको तुलनामा सांसद भण्डारीको शरीरको कम भाग जले पनि बन्द कोठाभित्रको धुँवा फोक्सोसम्म पुगेकाले उनको अवस्था पनि गम्भीर रहेको ताम्राकार बताउँछिन् । आफूहरुले एयर–वे म्यानेज लगायतका काम गरेर उपचार गरिरहेको बताउँदै उनले भारतमा लगेर उपचार गर्न सिफारिस पनि गरेको जानकारी दिइन् ।

अस्पतालका मेडिकल डाइरेक्टर ताम्राकार र जलन उपचार विभाग प्रमुख डा. किरण नकर्मीले संयुक्त विज्ञप्ति जारी गर्दै हालको स्रोत साधनले नेपालमा उपचार सहज नहुने देखिएकोले देशबाहिर सुविधा सम्पन्न अस्पतालमा यथाशीघ्र स्थानान्तरण गर्न सिफारिस गरिएको जानकारी दिएका छन् । 

चन्द्र भण्डारी

विशेष