ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमाको मृत्यु

ग्याँस सिलिन्डर विस्फोटमा घाइते भएकी सांसद चन्द्र भण्डारीकी आमा हरिकला भण्डारीको निधन भएको छ । उनको कीर्तिपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
विहान १०ः५७ मा भण्डारीको मृत्यु भएको हो । मेडिकल डाइरेक्टर डा. निजिना ताम्राकारले उनको मृत्यु भएको पुष्टि गरिन। बुद्धनगरस्थित निवासमा बुधबार राति ग्याँस विस्फोट हुँदा हरिकला र सांसद भण्डारी सख्त घाइते भएका थिए ।
सांसद भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । उनलाई थप उपचारका लागि भारत लैजाने तयारी गरिएको छ ।