News

राष्ट्रपति बारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच दुई घन्टा एक्लाएक्लै वार्ता

राष्ट्रपति बारे प्रधानमन्त्री दाहाल र एमाले अध्यक्षबीच दुई घन्टा एक्लाएक्लै वार्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच बिहीबार दुई घन्टाभन्दा बढी एक्लाएक्लै वार्ता भएको छ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार भएको भेटवार्तामा राष्ट्रपतिबारे फरक–फरक कोणबाट चर्चा भएको जनाईएको छ। राष्ट्रपति बारे वजारमा विभिन्न चर्चा भईरहेका वेला सत्तारूढ दलका दुई शीर्ष नेताबीच लामो छलफल भएको जनाईएको छ।

एमालेले पूर्वसहमति अनुसार अबको राष्ट्रपति एमालेबाट हुनु पर्ने बताएको छ भने माओवादी केन्द्रले राष्ट्रपतिमा राष्ट्रिय सहमति हुनुपर्ने बताइरहेको छ। प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेसले समेत संसदमा विश्वासको मत दिएपछि माओवादीले राष्ट्रिय सहमतिमा जोड दिन थालेको हो।

स्रोतका अनुसार माओवादीले राष्ट्रपतिको उम्मेदवारी दर्ता गर्ने दिन फागुन १३ गतेभन्दा अघि नै राष्ट्रपतिमा कांग्रेस उम्मेदवारलाई समर्थन गर्ने निर्णय गर्न लागेको छ। 
 

विशेष