News खेल

विपक्षीको पेनाल्टी रोक्नेक्रममा ढलेका बेल्जियमका गोलकिपरको मृत्यु

विपक्षीको पेनाल्टी रोक्नेक्रममा ढलेका बेल्जियमका गोलकिपरको मृत्यु

विपक्षी टिमको पेनाल्टी रोक्नेक्रममा वेहोस भएर ढलेका बेल्जियमका गोलकिपरको मृत्यु भएको छ। मैदानमै ढलेका बेल्जियमका गोलकिपर अर्ने इस्पिलको निधन भएको छ ।

इस्पिल बेल्जियमको प्रान्तीय क्लब विन्कल स्पोर्ट्स बी बाट व्यावसायिक फुटबल खेल्दै आएका थिए । वेस्ट्रोजेवेकविरुद्धको खेलमा विन्कल स्पोर्ट्सले २–१ को अग्रता बनाइरहँदा रेफ्रीले दोस्रो हाफमा विपक्षी टिमलाई पेनाल्टी दिएका थिए ।

इस्पिलले वेस्ट्रोजेवेकका खेलाडीको पेनाल्टी प्रहार बचाएका थिए । पेनाल्टी बचाएको खुसीयाली मनाइरहँदा इस्पिल मैदानमै ढलेका थिए । बेल्जियमका सञ्चारमाध्यमहरूका अनुसार मैदानमै अचेत भएका इस्पिलको सहायताका लागि स्वास्थ्यकर्मी र मैदानमा रहेका अन्य आपतकालीन स्वंयमसेवक पुगे पनि त्यसको केही समयपछि नै उनको मृत्यु भएको थियो।

इस्पिलको पोस्टमार्टम भइसके पनि हालसम्म यसको रिर्पोट भने सार्वजनिक गरिएको छैन । खेलका लागि विन्कल स्पोर्ट्सबाट इस्पिलसँगै उनका भाइ पनि बेन्चमा थिए । इस्पिलको निधनमा विन्कल स्पोर्ट्सले समवेदना जनाएको छ ।
 

विशेष