News

‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक गोष्ठी सम्पन्न 

‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक गोष्ठी सम्पन्न 

राष्ट्रिय एकता अभियानले शुक्रवार चितवनमा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल भारत सहकार्य’ विषयक विचार गोष्ठी सम्पन्न गरेको छ।

चितवनको नारायणघाटमा कार्यक्रमको आयोजना गरिएको थियो। कमला सिलवालको अध्यक्षता र अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनीता साहको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा देव श्रेष्ठ, कविता शर्मा, प्रभाकर भूषाल, गंगा प्रसाद साह, मनु तमाङलगायतको समेत उपस्थितीथियो।

कार्यक्रममा दुई देशबीचको भौगोलिक, सांस्कृतिक, ब्यापारिक र राजनीतसम्वन्धका विषयमा जानकारी आदानप्रदान गरिएको थियो। कार्यक्रमका बक्ताहरुले भारत र नेपालको आत्मा एकै भएको तर्क गर्दै नेपालको विकासमा भारतले पुर्याईरहेको योगदानको कदर गर्नुपर्ने बताए ।

यसैगरी, झापामा ‘नेपाली संस्कृति र विकास क्षेत्रमा नेपाल–भारत सहकार्य’ विषयमा कार्यक्रम सम्पन्न भएको छ। अभियानका जिल्ला अध्यक्ष मणिकुमार राईको अध्यक्षता तथा अभियानकी राष्ट्रिय उपाध्यक्ष सुनिता साहको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रममा विश्व हिन्दु महासंघका जिल्ला अध्यक्ष मोहन उप्रेती, विश्व हिन्दु परिषदका अध्यक्ष होमनाथ ढुंगेल, अभिायनकी कोषाध्यक्ष तारा राजवंशी, पुनमकुमारी मुखिया, गणेश सिंह, दिपेन्द्र यादव, दयानन्द गोश्वामी लगायतले बोलेका थिए।

कार्यक्रमका वक्ताहरुले नेपाली संस्कृति र विकासको क्षेत्रमा नेपाल–भारत बीचको सहकार्य उदाहरणीय रहेको भन्दै त्यसलाई अझ बलियो पार्न सनातन धर्म संस्कृतिको संरक्षण जरुरी रहेको बताए। उनीहरुले सनातन धर्म संस्कृतिले मात्र देशको राष्ट्रियता जोगिने बताए ।

विशेष