News

जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमै किन राख्यो सरकारले ?

जनयुद्ध दिवसलाई वार्षिक क्यालेन्डरमै किन राख्यो सरकारले ?

सरकारले पहिलो पटक सुरु गरेको ‘जनयुद्ध दिवस’ लाई वार्षिक क्यालेन्डरमै राखेको छ। आगामी वर्ष ०८० सालको सार्वजनिक बिदा पुनरावलोकन गर्ने क्रममा जनयुद्ध दिवसलाई आगामी वर्षसमेत दिने गरी निर्णय गरिएको हो।

मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्न शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै सरकारका प्रवक्ता रेखा शर्माले सार्वजनिक बिदा निर्धारण गर्नका लागि भदौ भित्र बिदाको पुनरावलोकन गर्ने निर्णय भएको जानकारी दिइन् ।

उनले पुस २७ गते पृथ्वीजयन्ती र फागुन १ गते जनयुद्ध दिवसको बिदा थप गरी वर्षका सबै बिदा क्यालेन्डरमा उल्लेख गर्न अनुमति दिने र २०८० साल भदौभित्र सार्वजनिक विदाको पुनरावलोकन गरिने बताइन् ।
 

विशेष