News खेल

दिपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

दिपेन्द्र र कुशलको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हरायो

आईसीसी क्रिकेट विश्वकप लिग टु मा शुक्रबार शीर्ष स्थानको स्कटल्याण्ड ३ विकेटले पराजित भएको छ। दिपेन्द्र सिंह ऐरी र कुशल मल्लको उत्कृष्ट ब्याटिङमा नेपालले स्कटल्याण्डलाई हराएको हो।

नेपालले स्कटल्याण्डले दिएको २७५ रनको लक्ष्य ४७ ओभरमा ७ विकेट गुमाएर पूरा गरेको हो । दीपेन्द्रले ११६ बल खेल्दै ८ चौका र १ छक्का मद्दतमा अविजित ८५ रन बनाए । कुशलले ६७ बल खेल्दै ९ चौका र ४ छक्कामा ८१ रन बनाए । दुवैले ओडिआईमा दोस्रो अर्धशतक बनाएका हुन् । दीपेन्द्रको भने लिग टु मा यो पहिलो अर्धशतक हो ।

नेपालले दोस्रो पटक ओडिआईमा स्कटल्याण्डलाई हराएको हो । यसअघि गत जुलाईमा स्कटल्याण्डलाई लिग टु मा उसैको मैदानमा पराजित गरेको थियो । नेपालले लक्ष्य पछ्याउने क्रममा आक्रमक सुरुवात गर्दै २ ओभरमा ३१ रन जोडेको थियो । पहिलो ओभरमा कुशल भुर्तेलले ४ चौका प्रहार गर्दा नेपालले २३ रन जोडेको थियो ।

दोस्रो ओभरमा आसिफले २ चौकासहित ८ रन जोडे । तर तेस्रो ओभरमा नेपालले दुई विकेट गुमायो । कुशल भुर्तेल १६ रनमा आउट हुँदा ज्ञानेन्द्र मल्ल ४ रनमा आउट भए । स्कटल्याण्डका क्रिस सोलले दुवै विकेट लिए ।

त्यसपछि आसिफ शेख पाँचौ ओभरमा ९ र कप्तान रोहित पौडेल नवौँ ओभरमा ६ रनमा आउट भए । आसिफललाई सोलले आउट गर्दा रोहितलाई मार्क वाटले आउट गरे । आक्रमक देखिएको नेपालले लगातार विकेट गुमाउने क्रम रोकिएन ।

११औ ओभरमा सन्दिप जोरा ५ रनमा आउट हुँदा नेपाल ७७–५ को नाजुक अवस्थामा पुगेको थियो । तर कुशल मल्ल र दीपेन्द्र सिंह ऐरीले शतकिय साझेदारी गर्दै नेपालको इनिङ्स सम्हाले ।

छैटौं विकेटका लागि यो जोडीले १०० रनको साझेदारी गरेपछि कुशल मल्ल आउट भए । उनलाई वाटले हम्जा ताहिरबाट क्याचआउट गराए । छैटौं विकेटका लागि ओडिआईमा नेपालको यो दोस्रो शतकिय साझेदारी हो । यसअघि गत जुनमा लिग टु मै अमेरिका विरुद्ध आरिफ सेख र सोमपाल कामीले १०६ रनको साझेदारी गरेका थिए ।

६७ बल खेलेका कुशल मल्लले ९ चौका र ४ छक्का मद्दतमा ८१ रन बनाए । ओडिआईमा उनको यो दोस्रो अर्धशतक हो । यसअघि सन् २०२० फेव्रुअरीमा घरेलु मैदानमै भएको लिग टु मा उनले अमेरिका विरुद्ध ओडिआई डेब्यूमै अर्धशतक प्रहार गरेका थिए ।

यस्तै दीपेन्द्र सिंह ऐरीले सात खेलपछि ओडिआईमा पहिलो अर्धशतक बनाए। उनले गत वर्ष नोभेम्बरमा घरेलु मैदानमा युएई विरुद्धको शृखंलाको पहिलो खेलमा ५४ रन बनाएका थिए । पछिल्लो समय ओडिआईमा रन बनाउन संघर्ष गरिरहेका दीपेन्द्रले लिग टु मा भने यो पहिलो अर्धशतक हो ।

कुशल मल्ल आउट भएपछि दीपेन्द्रले गुल्शन झा सँग मिलेर इनिङ्स अघि बढाए । दीपेन्द्र र गुल्शनले ४३ रनको साझेदारी गरे । गुल्शनले १७ रन जोडे । दीपेन्द्रले सोमपाल कामीसँग मिलेर नेपाललाई जितसम्म पु¥याए । यो जोडीले आठौं विकेटका लागि अविजित ५५ रनको साझेदारी गरे ।

सोमपालले ३२ बल खेल्दै ३ चौका मद्दतमा अविजित २४ रन बनाए । स्कटल्याण्डका लागि क्रिस सोल र मार्क वाटले ३–३ विकेट लिए । माइकल लिस्कले १ विकेट लिए ।

विशेष