News

अनेरास्ववियुको अध्यक्षमा आरसी लामिछानेलाई हराउँदै समिक बडाल विजयी

अनेरास्ववियुको अध्यक्षमा आरसी लामिछानेलाई हराउँदै समिक बडाल विजयी

नेकपा एमालेको भातृ संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) को केन्द्रीय अध्यक्षमा समिक बडाल विजयी भएका छन् । २३ औं राष्ट्रिय महाधिवेशन अन्तर्गत गएराति भएको निर्वाचनबाट निवर्तमान महासचिव बडाल अध्यक्षमा विजयी भएका हुन् ।

निर्वाचनमा खसेको १५१७ मत मध्य बडालले ९६२ मत पाए भने प्रत्यासी आरसी लामिछानेले ३५६ र मोती विकले ७८ मत पाए । सहमतिमा नेतृत्व चयनको प्रयास असफल भएपछि गएराति विद्युतीय मेसिनमार्फत् मतदान भएको थियो । निर्वाचित अध्यक्ष काभ्रेको रोसी गाउँपालिका–९ का हुन्।

यसैगरी, उपाध्यक्षमा गोविन्द गिरी, धर्म गिरी, नारायण घर्ती र मार्यादा विष्ट, महासचिवमा नरेश रोकाया तथा कोषाध्यक्षमा संगम अर्याल विजयी भएका छन् । सचिवमा सन्जीव धिताल, सुजन कडरिया, प्रकाश पौडेल, दीपेश प्रसाईं, अन्जना शिवाकोटी, आरती भट्टराई र बिनिता काफ्ले चुनिएका छन् । 

महाधिवेशनले आगामी २ वर्षका लागि १७ पदाधिकारीसहित १९९ सदस्यीय केन्द्रीय कमिटी तथा अनुशासन, लेखा र निर्वाचन आयोगमा पनि पदाधिकारी निर्वाचित गरेको छ। 

अनेरास्ववियु समिक बडाल

विशेष