News

पति पत्निको एउटै चितामा दाहासंस्कार

पति पत्निको एउटै चितामा दाहासंस्कार

मोरङको सुन्दरहरैँचा–१० मा पति पत्निको एउटै चितामा दाहासंस्कार गरिएको छ। ८९ वर्षिय पति पदमबहादुर वुढाथोकी र उनकी पत्नि ७९ वर्षिय शिवमायाँ वुढाथोकीको एउटै चितामा दाहसंस्कार गरिएको हो।

वृद्ध दम्पतीको एक दिनको फरकमा निधन भएको हो। विराटनगरको नोबेल अस्पतालमा ८९ वर्षको उमेरमा मङ्गलबार पदमबहादुको निधन भएको थियो। पदमबहादुरको शवयात्रा बेलबारीको लोहान्द्रा खोलामा पुगेर अन्तिम दाहसंस्कारका लागि तयारी गर्दै गर्दा शिवमायाँ वेहोस भएर ढलेकी ििथईन।

त्यसको भोलिपल्ट उनको पनि निधन भएको हो। बुढाथोकी दम्पतीको एउटै चितामा अन्त्येष्टि गरिएको स्थानीयले वताए । हिन्दु परम्परा अनुसार विवाह गर्दा सँगै मर्ने र सँगै बाँच्ने वाचा गर्ने परम्परा छन् । तर, वास्तविक जिवनमा भने यस्तो भएको पाईदैन।

वुढाथोकी दम्पत्तिमा भने यो संयोग देखिएको स्थानीयहरु बताउँछन् ।
 

विशेष