News

सांसद भण्डारीको आजै दुई वटा शल्यक्रिया, हृदयको चाल नर्मल

सांसद भण्डारीको आजै दुई वटा शल्यक्रिया, हृदयको चाल नर्मल

ग्याँस सिलिन्डरको गडवडीले दुर्घटनामा परेका नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् सांसद चन्द्र भण्डारीको आजै दुईवटा शल्यक्रिया गरिने भएको छ।

ग्यास सिलिन्डरबाट सल्किएको आगोको लप्को लागेर गम्भीर अवस्था भएका भण्डारीलाई विहिवार मुम्बईस्थित नेशनल बर्न सेन्टरमा भर्ना गरिएको छ। 

आगोको लप्को र धुँवाका कारण फोक्सोमा असर गरेसँगै गम्भीर रहेका नेता भण्डारीलाई थप उपचारका लागि मुम्बई लगिएको थियो। उनीसँगै आगोमा परेकी भण्डारीकी आमाको बिहीबार उपचारकै क्रममा निधन भएको थियो।

उनीसँगै रहेका युवा नेता तथा व्यवसायी योगराज कँडेलले भण्डारीलाई अहिले आईसीयूमा राखिएको जानकारी दिएका छन्। शरीरमा फ्लुडको मात्रा डबल गर्ने, बिहान साढे १० बजे पहिलो र साढे १ बजे आजै दोस्रो सर्जरी गर्ने उनले जानकारी गराएका छन्। चिकित्सकलाई उद्धृत गर्दै कँडेलले दिएको जानकारीअनुसार भण्डारीको हृदयको चाल नर्मल रहेको छ भने आत्तिनुपर्ने अवस्था छैन।

चन्द्र भण्डारी

विशेष