News खेल

नेपालको उत्कृष्ट सुरुवात, कुशल मल्ल र सन्दीपले २/२ विकेट लिए

नेपालको उत्कृष्ट सुरुवात, कुशल मल्ल र सन्दीपले २/२ विकेट लिए

आइसीसी विश्वकप एक दिवसीय लिग २ त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।  कुशल मल्ल र सन्दीप लामिछानेले समान दुई विकेट लिएका छन्।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको स्कटल्यान्डले १६ ओभरको समाप्तीमा ४ विकेटको क्षतिमा ६४ रन बनाएको छ।

कुशलले ओपनर क्रिस्टोफर म्याकब्राइड र कप्तान रिची बेरिङटनलाई पवेलियन फर्काए। क्रिस्टोफर २२ र रिची १९ रनमा आउट भएका हुन। २५ बलको सामना गरेका रिची २ चाौका र १ छक्का हान्दै कुशल मल्लको बलमा आउट भए। म्याथु क्रस २ रनमा सन्दीप लामिछानेको बलमा एलबीडब्लु धरापमा परे।

थोमस म्याकिन्टस १९ रनमा सन्दीपको बलमा एलबीडब्लु धरापमा परे। 
 

विशेष