News

नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गरेका’ शङ्कराचार्यसहित ४ जना पुर्वसेनाध्यक्ष किन आए काठमाण्डौं ? 

नेपाललाई ‘हिन्दू राष्ट्र घोषणा गरेका’ शङ्कराचार्यसहित ४ जना पुर्वसेनाध्यक्ष किन आए काठमाण्डौं ? 

भारतको ओडिशास्थित पुरीमा रहेको गोवद्र्धन मठका शङ्कराचार्य स्वामी निश्चलानन्द सरस्वती महाशिवरात्रिको पूर्व सन्ध्यामा बिहीवार साँझ काठमाण्डौ आएका छन्।

नेपाललाई मात्र नभई भारतलाई समेत हिन्दू राष्ट्र बनाउने अभियानमा लागेका निश्चलानन्द सरस्वतीले भारतका चार दिशामा स्थापना गरेका चार वटा मठमध्ये गोवर्द्धन मठ एक हो।

हिन्दूहरूको चार धाममध्ये जगन्नाथ मन्दिर रहेको पुरीमा गोवर्द्धन, रामेश्वरममा श्रृङ्गेरी, द्वारकामा शारदा र बद्रीनाथमा ज्योतिर्मठ छन्। नेपाल मामिलामा विशेष चर्चामा आइरहने शङ्कराचार्य यसअघि पनि पटक पटक नेपाल आएका थिए। यस पटक शिवरात्रिको अवसरमा आयोजित कार्यक्रमहरूमा उनी सहभागी हुनेछन्।

पशुपति क्षेत्र विकास कोषको निम्तामा आएका उनको सुरक्षा प्रबन्ध सरकारले मिलाएको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीका स्वकीय सचिव बेनुप खत्रीले जानकारी दिए।

यसैगरी, भारतीय सेनाका चार पुर्व सेनाध्यक्ष काठमाण्डौ आएका छन्। सेना दिवसमा निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेका हुन। एकजना भोलि बिहान आउनेछन्। 

सेना दिवसमा सहभागि हुन उनिहरु काठमाण्डौं आएका हुन। निम्तो दिएका मध्ये नेपाली मानार्थ महारथीको दर्जा पाएका चार जना भारतीय सेनाध्यक्ष काठमाडौं आइपुगेको र एकजना भोलि बिहान आउनेछन्। 

नेपाली सेनाका प्रवक्ता  सहायक रथी कृष्णप्रसाद भण्डारीका अनुसार पूर्वसेनाध्यक्ष दलबीरसिंह सुहाग, दीपक कपुर, जोगिन्दरसिंह जसवन्त र विश्वप्रकाश शर्मा विहिवार काठमाडौं आइपुगेका छन्।  एक जनाले आज बिहान पौने ९ काठमाडौं आइपुग्ने कार्यतालिका भएपनि भोलि बिहान मात्रै आउने जनाईएको छ।

नेपाली मानार्थ महारथीको दर्जा पाउने भारतका सबै सेनाध्यक्षलाई निम्ता दिए पनि पाँच जना मात्रै काठमाडौं आउने भण्डारीले बताए। सैनिक मुख्यालयमा भारतीय पूर्वसेनाअध्यक्षहरुसँग नेपालका पूर्वप्रधानसेनापतिहरु र वर्तमान प्रधानसेनापतिबीच औपचारिक छलफल हुनेछ।

छलफल अगाडि भोलि सैनिक मञ्च टुडिखेलमा सेना दिवसको अवसरमा पहिलो पटक ५ सय ५५ जनाको मादल प्रस्तुति हुनेछ।  वर्ल्ड बुक अफ रेकर्डमा नाम लेखाउने गरी पहिलो पटक मादलको प्रस्तुति गर्न लागेको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ। 

सेना दिवसको अवसरमा भारत र बेलायतका सैनिकको ब्याण्ड डिस्प्ले हुने भण्डारीले बताए। सेना दिवसको अवसरमा प्रधानसेनापति प्रभुराम शर्माले शुक्रवार बिहान छाउनीस्थित वीर स्मारकमा श्रद्धाञ्जली दिएका छन्। 

विशेष