News

रविसँग जोडेर करिष्माको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

रविसँग जोडेर करिष्माको मानहानी गरेको आरोपमा डिल्लीराम खनाल पक्राउ

कलाकार करिष्मा मानन्धरको मानहानी गरेको आरोपमा प्रहरीले डिल्लीराम खनाललाई पक्राउ गरेको छ। काठमाडौंको भोटाहिटीबाट उनलाई पक्राउ गरिएको हो।

साइबर ब्युरोका प्रवक्ता एसपी पशुपति रायले भने–‘‘उनीमाथि थप अनुसन्धानका लागि म्याद थप्न काठमाडौं जिल्ला अदालत लैजाँदै छौं।’

आफूलाई मानहानी गरेको करिश्माले माघ २४ गते नेपाल साइबर ब्युरोमा उजुरी दिएकी थिइन्। 

न्यू अनलाइन टिभीको एक अन्तर्वार्तामा डिल्लीराम खनालले मानन्धर अमेरिकामा एक जना पुरूषसँग लिभिङ टुगेदरमा बसेको बताएका थिए। उक्त भिडिओको क्लिप सामाजिक सञ्जालमा राख्दै उनले साइबर ब्युरोमा उजुरी गरेकी थिइन्।

कोभिड महामारीको समयमा मोटरसाइकल चढेर जाँदै गरेका डिल्लीराम खनाललाई प्रहरीले नियन्त्रणमा लिएको थियो। त्यतिबेला उनको भिडिओ सामाजिक सञ्जालमा भाइरल बनेपछि उनी चर्चामा आएका थिए। 
 

विशेष