News खेल

नेपाललाई तेस्रो झट्का, चौथो ओभरमा तिन विकेट गुम्यो

नेपाललाई तेस्रो झट्का, चौथो ओभरमा तिन विकेट गुम्यो

आइसीसी विश्वकप एक दिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत स्कटल्यान्डसँगको खेलमा नेपालले लगातार विकेट गुमाएको छ। 

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा स्कटल्यान्डले दिएको २ सय ७५ रनको लक्ष्य पछ्याएको नेपालले चौथो ओभरमा नै ३ विकेट गुमाइसकेको हो। 

उत्कृष्ट सुरुवात गरेका ओपनर कुशल भुर्तेल १६ रन जोड्दै पवेलियन फर्के। कुशलले ८ बलमा ४ चौका हानेका थिए। पहिलो ओभरमा नै २३ रन बटुलेको नेपालले उत्कृष्ट सुरुवात गरेको थियो। 

तेस्रो नम्बरमा ब्याटिङमा आएका ज्ञानेन्द्र मल्ल ४ रनमा क्याच आउट भए। चौथो ओभरको समाप्तीमा नेपालले २ विकेटको क्षतिमा ३८ रन बनाएको छ। क्रिजमा आशिफ शेखले १४ बलमा ९ रन बनाउँदै पेविलियन भए।

२ ओभर बलिङ गरेका स्कटल्यान्डका क्रिस सोलेले २८ रन खर्चेर २ विकेट लिए। 
 

विशेष