News

नेकपा एस र जसपाको एकता प्रकृया भाँडियो, कस्ले हाल्यो भाँजो ?

नेकपा एस र जसपाको एकता प्रकृया भाँडियो, कस्ले हाल्यो भाँजो ?

नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीबीचको एकता प्रयास भाँडिएको छ। दुई पार्टीबीच एकता प्रकृया सुरु भएपनि अन्तिम निचोड आएको छैन।

चुनाव सकिएलगतै दुई पार्टीबीच एकताका लागि छलफल गर्न छुट्टा छुट्टै वार्ता समिति बनाइएका छन। दुवै समितिबीच दुई÷तीन चरण छलफल समेत भइसकेको छ ।

छलफलबाट केही निष्कर्ष ननिस्किएपछि एक अर्काको दस्तावेज अध्ययन गर्ने र प्रतिवेदन तयार गरी त्यसमा छलफल गर्ने भन्दै कार्यदल त्यसैमा अल्मलिएको छ । एक नेताले भने राष्ट्रपतिको चुनावसम्म एकताको विषयमा केही पनि नहुने बताएका छन् ।

दलका नेताहरु सबै राष्ट्रपति चुनावमा व्यस्त रहेको बताउँदै उनले अहिले दुई पार्टीबीचको एकतातर्फ कसैको ध्यान नभएको बताए । उनले राष्ट्रपतिको चुनावपछि मात्र केही कुरा हुन सक्ने जानकारी दिए ।

वार्ता समितिका सदस्य रहेका जसपाका कार्यकारिणी सदस्य गोविन्द चौधरीले पनि एकताको काम अगाडि नबढेको बताए । शीर्ष नेताहरु व्यस्त भएका कारण एकता प्रकृया अगाडि नबढेको बताउँदै उनले पार्टीको कार्यकारिणी समितिको बैठकमा यो विषयमा छलफल हुने बताए । 
 

एकता

विशेष