News खेल

छोराको हौसला वढाउन सन्दीपका बुबाआमा क्रिकेट मैदानमा

छोराको हौसला वढाउन सन्दीपका बुबाआमा क्रिकेट मैदानमा

राजधानीमा जारी विश्वकप लिग–२ अन्तर्गत त्रिदेशीय एकदिवसीय अन्तर्राष्ट्रिय श्रृंखलामा घरेलु टोलीले खेलेको खेलमा दर्शकको भीड लागिरहेको छ। उक्त भिडमा सन्दीप लामिछानेका बुबाआमा पनि देखिएका छन् ।

उनीहरु दुवै जना शुक्रबार नेपालले स्कटल्यान्डसँग खेलिरहेको खेल हेर्न मैदान पुगेका छन् । यसअघि तीन दिनअघि नामिबियासँग नेपालले खेलेको खेल हेर्न पनि सन्दीपका बुबाआमा मैदान पुगेका थिए ।

सन्दीपलाई राष्ट्रिय टोलीमा राखेको विषयमा एउटा समूहले विरोध गरिरहेका बेला उनका बुबाआमा दर्शक दीर्घामा बसेर छोराको हौसला बढाइरहेका छन् । सन्दीपविरुद्ध बलात्कारको आरोप लागेपछि उनका बुबाआमा चितवनबाट काठमाडौं आएका छन् ।

पाटन उच्च अदालतले धरौटीमा छाड्ने आदेश गरेपछि यतिवेला सन्दीप बुबाआमासँग बसिरहेका छन् । यसअघि सन्दीप काठमाडौंमा एक्लै बस्दै आएका थिए । सन्दीपले नामिबिया र स्कटल्यान्डविरुद्धको दुइटै खेलमा ३–३ विकेट लिएका छन् ।

टीयू मैदानमा दर्शकले पनि सन्दीपको नाम लेखिएको टीसर्ट तथा प्लेकार्ड बोकेर नेपाली टीमको समर्थन गरेका छन् । 
 

विशेष