News स्वास्थ्य

चन्द्र भण्डारीलाई भारत लानु पर्ने यस्तो थियो बाध्यता

भारतको अत्याधुनिक स्वास्थ प्रणालीबाट नेपालीले किन नसिक्ने?

चन्द्र भण्डारीलाई भारत लानु पर्ने यस्तो थियो बाध्यता

बुधवार खाना पकाउने ग्यास लिक भएर आगलागि हुँदा घाईते भएका नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभा सदस्य चन्द्रकान्त भण्डारी भारतको मुम्वई स्थित नेसनल बर्न्स सेन्टरमामा उपचाररत छन्। कीर्तिपुर अस्पतालमा प्रारम्भिक उपचारपछि थप उपचारका लागि उनलाई मुम्वई लगिएको हो। 

शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको भएपनि फोक्सोमा असर देखिएपछि उनलाई मुम्वई लगिएको हो। कीर्तिपुर अस्पतालले भण्डारीलाई थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि बाध्यात्मक अवस्थामा उनलाई त्यहाँ पुर्याईएको हो।

भण्डारीले आफु उपचारका लागि विदेश नजाने अडान लिएका थिए, तर अस्पतालले नै रिस्क लिन नसकेपछि उनलाई भारत पुर्याईयो। बिहीबार दिउँसो श्री एयरलाइन्सको चार्टर्ड विमानमार्फत भारतको मुम्वई लगेर नेसनल बर्न्स सेन्टरमा उनलाई भर्ना गरिएको छ। अहिले उनको अवस्था सुधारोन्मुख छ।

यो सँगै अहिले जनमानसमा दुई वटा प्रश्न उठिरहेका छन्। शरीरको २५ देखि ३० प्रतिशत भाग जलेको अवस्थामा पनि भण्डारीलाई किन भारत पुर्याईयो भन्ने प्रश्न एउटा छ भने सामान्य अवस्थाका विरामीलाई पनि विदेशमै पुर्याउनु पर्ने अवस्थामा नेपालका अस्पताललाई कसरी पुर्याईयो भन्ने प्रश्न अर्को छ।

यी प्रश्नको उत्तर खोज्दै जाँदा मुख्यतया दुई वटा कारण प्रमुख रुपमा देखिएका छन्। पहिलो– राजनीतिक दलका ठुला नेता र विशिष्ठ ब्यक्तिहरुको विदेशको मोह। दोस्रो– मेडिकल माफियाको विगविगी।

नेपालका अधिकांश नेता तथा विशिष्ठ ब्यक्तिहरु सामान्य विरामी हुँदा समेत विदेशी अस्पताल धाउने परम्पराको विकाश भएको छ। स्वदेशी अस्पताललाई सुविधा सम्पन्न वनाउने, त्यहीँ उपचार गर्ने र ति अस्पतालको विश्वसनियता वढाउने कुरामा उनीहरुको ध्यान पुगेको छैन। वरु, सानातिना रोग लाग्दा समेत कुदेर विदेशी अस्पतालमा भर्ना हुने लर्को ठुलो छ। जसले गर्दा स्वदेशी अस्पताल र चिकित्सकहरुको विश्वसनियता घटिरहेको छ।

चन्द्रकान्त भण्डारी पछिल्लो उदाहरण मात्र हुन् झलनाथ खनाल, केपी शर्मा ओलीदेखी गिरिजाप्रसाद कोईरालासम्मले नेपालका अस्पताललाई वेवास्ता गरी भारतीय अस्पतालमा उपचार गराएका उदाहरण छन्। यसको कारण भनेको त्यहाँको अत्याधुनिक, गुणस्तरिय र विश्वसनिय सेवा नै हो।

यद्यपी, केपी ओलीले पछिल्लो पटक फागुन ०७६ मा त्रिवि शिक्षण अस्पताल, महारागजञ्जमा मिर्गौला प्रत्यारोपण गराएका थिए। तर, उनको उपचारमा समेत भारतका डाक्टर अनन्तकुमारलाई सामेल गराईएको थियो।

यसले के देखाएको छ भने नेपालका अस्पताल र यहाँको जनशक्तिमाथि विश्वास गर्न सक्ने अवस्था छैन। नेपालको तुलनामा भारतीय स्वास्थ्य संस्था विश्वसनिय छन् र त्यहाँ पुगेपछि रोग निको हुन्छ भन्ने नै मानसिक्ताको विकास भएको छ।

अर्कोतर्फ नेपाल सरकारले हरेक वस्तुमा लगाएको करका कारण पनि अधिकांश मानिस उपचारका लागि भारत पुग्ने गरेका छन्। अनावश्यक करका कारण भारतको तुलनामा नेपालको उपचार र औषधी महंगो छ। जसका कारण सर्वसाधारण समेत उपचारका लागि भारत नै जाने गरेको पाईएको छ।

हुनत नेपाललाई अन्तराष्ट्रिय रूपमै मेडिकल हव बनाउन सकिने प्रसस्त सम्भावना छन्। तर, राज्यको नीति निर्माण तहमा रहेका स्वार्थी ब्यक्तिका कारण नेपालको मेडिकल शिक्षा र उपचार प्रकृया झन्झटिलो र सर्वसाधारणको पहुँच वाहिर पुगेको छ।

जसरी शिक्षालाई निशुल्क भनेर सरकारी विद्यालयको गुणस्तर खस्काई निजी विद्यालय मार्फत लुटतन्त्र मच्चाईएको छ त्यसैगरी स्वास्थ्यलाई पनि ब्यापार बनाईएको छ। सरकारी स्वास्थ्य संस्थालाई आवश्यक्त उपकरण र जनशक्ति विहिन वनाईएको छ। अर्कोतर्फ निजी अस्पतालले सुरक्षित भएर कमाउने तथा दायित्व वहन गर्नु पर्ने अवस्था आए सहज रुपमा पन्छिने गरेको पाईएको छ।

मेडिकल शिक्षाको अवस्था पनि उस्तै छ। झन्झटिलो भर्ना प्रकृया र विदेश जानै पर्ने बाध्यात्मक वातावरणका कारण यहाँका मेडिकल कलेजको दुरावस्था छ। माफियाका कारण नेपालका विद्यार्थी पढ्न समेत चीन र बंलादेश धाउनु पर्ने बाध्यता छ। खास गरी नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. कृष्णप्रसाद अधिकारी जस्ता ब्यक्ति नै नेपाली विद्यार्थीलाई विदेश पठाउने धन्दामा सवैभन्दा अघि रहेको स्रोतको दावी छ।

माफियाकै करण मेडिकल शिक्षा र स्वास्थ प्रती सर्वसाधारण्को समेत विश्वास गट्दै गएको मेडिकल क्षेत्रका जानकारहरु वताउँछन्।

स्वास्थ्यका क्षेत्रमा भारतले छोटो समयमै गरेको प्रगतिलाई नेपालले शिक्षाका रुपमा लिएर स्वदेशमै त्यो स्तरको उपचार पद्धतीको विकास किन नगर्ने भन्दै उनिहरुले प्रश्न उठाउने गरेका छन् । तर, नीति निर्माण तहमा रहेकाहरुको स्वार्थका कारण नेपालको स्वास्थ्य क्षेत्र सुधारको वाटोमा भन्दा पनि अझ चिन्ताजनक अवस्था तर्फ लागिरहेको उनीहरुको वुझाई छ।

यो पनि,

चन्द्र भण्डारी

विशेष