News खेल

नामिबियाविरुद्ध टस जितेर नेपालले फेरि फिल्डिङ नै रोज्यो

नामिबियाविरुद्ध टस जितेर नेपालले फेरि फिल्डिङ नै रोज्यो

विश्वकप लिग–२ क्रिकेटअन्तर्गत घरेलु मैदानमा भइरहेको त्रिदेशीय एकदिवशीय अन्तर्राष्ट्रिय शृंखलाको तेस्रो खेलमा नेपालले नामिवियाविरुद्ध टस जितेर पहिला बलिङ रोजेको छ। केही बेरअघि भएको टस जित्दै नेपालले बलिङ रोजेको हो। 

यसअघि नामिबियाविरुद्ध मंगलरबार र स्कटल्यान्डविरुद्ध शुक्रबार पनि नेपालले टस जित्दै बलिङ रोजेको थियो। यसअघिका दुवै खेलमा नेपाल विजयी भएको छ। पहिलो खेलमा नेपालले नामिबियाले दिएको २८६ रनको लक्ष्य पूरा गरेको थियो भने दोस्रो खेलमा स्कटल्यान्डलाई ३ विकेटले हराएको थियो।

स्कटल्यान्डले नेपाललाई २७५ रनको लक्ष्य प्रस्तुत गरेको थियो। त्रिदेशीय सिरिजमा नामिबिया, नेपाल र स्कटल्यान्डले २÷२ खेल खेल्नेछन्। 

अब केही बेरमा नामिबियाले ब्याटिङ सुरु गर्नेछ। नेपालको टिममा रोहित पौडेल(कप्तान), दीपेन्द्रसिंह ऐरी, ज्ञानेन्द्र मल्ल, आसिफ शेख, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, कुशल भुर्तेल, सन्दीप जोरा, कुशल मल्ल, गुलशन झा परेका छन्।

विशेष