News

दुर्गा प्रसाईलाई कारबाही गर्न एमालेले सुरु गर्यो प्रकृया

दुर्गा प्रसाईलाई कारबाही गर्न एमालेले सुरु गर्यो प्रकृया

नेकपा एमालेले केन्द्रीय सदस्य दुर्गा प्रसाईलाई कारबाही गर्न प्रकृया अघि वढाएको छ। प्रसाईँलाई कारवाही गर्न प्रदेश कमिटीले केन्द्रमा सिफारिस गरेको छ।

शनिबार बिहान बसेको प्रदेश कमिटिको पूर्ण बैठकले पार्टी हित विपरित गतिविधि गरेको भन्दै कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको जनाईएको छ। एमाले स्थायी कमिटि सदस्य तथा प्रदेश इन्चार्ज राजेन्द्र गौतमले भने–‘केन्द्रीय कमिटी सदस्य भएकाले हामीले यहाँबाट कारबाही गर्न मिलेन, त्यसैले केन्द्रमा सिफारिस गरेका छौ।’  

केही समयदेखि एमाले विरोधी गतिविधि गर्दै आएका प्रसाईलाई पार्टीबाट निष्कासन गर्नुपर्ने आवाज उठेपछि कारबाहीको लागि केन्द्रमा सिफारिस गरेको उनले वताए। एमालेको नीति सिद्धान्त विपरीत केही दिनअघि पूर्व राजा ज्ञानेन्द्र शाह र उनका छोरा पारस शाहलाई राखेर कार्यक्रम गरेपछि उनी विवादमा परेका छन्।

मेडिकल व्यवसायीसमेत रहेका प्रसाईंले धर्म र राष्ट्रियता बचाउने भन्दै अभियान सुरु गरेका छन्। उनले गत सोमबार काँकडभिट्टाबाट ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान’ सुरु गरेका थिए।

उक्त कार्यक्रममा सहभागि हुने क्रममा पारस शाहले प्रहरी अधिकारीलाई हातपात गरेको विषय पनि चर्चामा छन्। 
 

दुर्गा प्रसाई

विशेष