News

सत्ता गठबन्धन भत्किन लागेपछि ओलीलाई दबाब दिन बालकोट पुगे चिनियाँ राजदुत

सत्ता गठबन्धन भत्किन लागेपछि ओलीलाई दबाब दिन बालकोट पुगे चिनियाँ राजदुत

राष्ट्रपति निर्वाचन नजिकिदै गएपछि काठमाण्डौंमा चीनियाँ राजदुतको सकृयता वढेको छ। आफु अनुकुल राष्ट्रपति वनाउने योजना अन्तर्गत चिनियाँ राजदूत चेन सोङ सकृय भएको स्रोतको दावी छ।

शुक्रवार नेकपा (माओवादी केन्द्र) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहालले बालकोटमा गएर एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेको केहीबेरमै चेन सोङ बालकोट पुगेका थिए। ओलीसँग राजदूतले करिव डेढ घण्टा कुरा गरेको ओलीको सचिवालयले पुष्टि गरेको छ।

शुक्रबार साँझ ६ः३० बजेदेखि झण्डै डेढ घण्टा उनीहरुबीच कुराकानी भएको थियो। उनीहरूबीच द्विपक्षीय हितका विषयमा छलफल भएको ओलीको सचिवालयले जनाएपनि छलफलको मुख्य विषय राष्ट्रपति निर्वाचन नै भएको स्रोतको दावी छ।

भारतका विदेश सचिव विनयमोहन क्वात्राले दुईदिने औपचारिक भ्रमणका दौरान नेपालको राजनीतिक एजेन्डाबारे प्रधानमन्त्री तथा माओवादी अध्यक्ष दाहालसहित दर्जनभन्दा बढी नेतासँग भेटवार्ता गरी फर्केका थिए । उनी फर्किएको तीन दिनपछि सत्ता गठबन्धनको मुख्य साझेदार एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री ओलीलाई भेट्न चिनियाँ राजदूत बालकोट पुगेका हुन ।

नयाँ जिम्मेवारी सम्हाल्न आएपछि उनले ओलीलाई दोस्रो पटक भेटेका हुन । यसअघि उनीहरूबीच बालकोटमै माघ ४ मा भेट भएको थियो । एमाले–माओवादी मिलेर नेकपा बन्दा र त्यसलाई जोगाउने क्रममा पनि चीनले यस्तै सक्रियता देखाएको थियो । त्यसबेला नेपालका लागि तत्कालीन चिनियाँ राजदूत होउ यान्छीले नेकपा एकीकरण गर्न र पछि नेकपालाई जोगाइराख्न ‘घरदैलो’ गरेकी थिइन ।

चिनियाँ चासोका बाबजुत तत्कालीन नेकपा टिकिरहन सकेन । स्रोतका अनुसार चीन लामो समयदेखि वाम गठबन्धन चाहिरहेको छ । ‘त्यहीअनुसार नेकपा विवाद मिलाउन चीनको भूमिका थियो,’ चीनलाई नजिकबाट बुझेका एक अधिकारीले भने, ‘अहिले वाम गठबन्धनकै सरकार टिकाउन र राष्ट्रपतिको चयन पनि साझेदारीमै हुँदा चीनले राम्रो ठान्छ ।’

शुक्रबार चिनियाँ राजदूतसँग ओलीको भेटवार्ता गोप्य जस्तै रह्यो । भेटवार्ताको तस्बिरबाहेक अरू केही जानकारी बाहिर ल्याइएको छैन । ओलीको भेटवार्तामा कुनै पनि परराष्ट्र मन्त्रालयका अधिकारी उपस्थित थिएनन ।

नेपालमा राजनितिक संकट गहिरिदै जाँदा चीनले अनावश्यक हस्तक्षेप गर्ने गरेको भन्दै आलोचना हुने गरेको छ। चीनको अनावश्यक अस्तक्षेपकै कारण नेपालमा राजनीतिक अस्थिरता वढ्ने गरेको राजनीतिक विश्लेषकहरुले वताउने गरेका छन्। 

विशेष