News

नामिबियालाई पहिलो झड्का, सन्दीपले लिए विकेट

नामिबियालाई पहिलो झड्का, सन्दीपले लिए विकेट

आईसीसी क्रिकेट विश्वकप लिग टुअन्तर्गत त्रिदेशीय सिरिजमा नामिबियाविरुद्ध नेपालले पहिलो विकेट लिएको छ ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नामिबियाविरुद्ध नेपालका सन्दीप लामिछानेले विकेट लिएका हुन् । उनले कार्ल बिर्केनस्टोकलाई २० रनमा आउट गराए ।

१५ ओभरको समाप्तिमा नामिबियाले एक विकेटको क्षतिमा ६५ रन बनाएको छ । यसअघि नामिबियालाई नेपालले दुई विकेटले पराजित गरेको थियो । शुक्रबार भएको खेलमा नेपालले स्कटल्यान्डलाई तीन विकेटले पराजित गरेको छ।

विशेष